बर्षादेखि बुद्धिसम्मलाई लाग्यो ‘तेल भिसा’ !
शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ’तेल भिसा’ मा सबै कलाकारको लाइन अप पुरा भएको छ । कलाकार पक्का भएसँगै फिल्मको प्रदर्शन मिती समेत पक्का गरिएको छ ।
फिल्म तेल भिसा नेपाल र विदेशमा एकसाथ आगामी वर्षको भदौ २८ गते एकसाथ रिलिज हुनेछ । फिल्ममा चाहिं विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङको प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । फिल्मका निर्माता विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं हुन् ।
सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयूक्त निर्माण रहेको सिनेमा चैतको दोश्रो साताबाट फ्लोरमा जानेछ । ’तेल भिसा’ले डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुने क्रमको नेपाली समाजको बदलिदो स्थितिलाई आफ्नो कथावस्तु बनाएको छ । सुशन प्रजापतीले खिच्ने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछ ।