find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘परदेशी २’को देशमा ५१ दिन, विदेशमा प्रदर्शन सुरु

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले झण्डै एक दर्जन हलहरुमा ५१ दिन मनाउने भएको छ । राजधानी र मोफसल गरी फिल्मले आउँदो शनिबार प्रदर्शनको ५१ दिन मनाउने भएको हो ।


असोज २६ गतेदेखि प्रदर्शनमा आएको ‘परदेशी २’ काठमाडौंमा अस्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज वानेश्वरमा फिल्म चलिरहेको छ । त्यस्तै, बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा चलचित्र अहिलेसम्म निरन्तर चलिरहेको निर्माता राजेश वंशलले जानकारी दिएका छन् । फिल्मले घरेलु बक्स अफिसमा कबिर ८ करोड ग्रस कलेक्सन गरेको निर्माता वंशलको भनाई छ ।

परदेशीको कथा भन्ने फिलम परदेशी २ मा प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटीसँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, नीर शाह, सबिन बास्तोला, देबेन्द्र बब्लु लगायत कलाकारहरुको अभिनय छ ।

यस्तै ‘परदेशी २’ ले यूएई, कतार, इराक, ओमान, बहराइन लगायतका मध्यपूर्वका देशहरुबाट विदेशको प्रदर्शन सुरु गरेको छ । फिल्म कुवेतमा केही दिनमा प्रदर्शनमा आर्उँदैछ । माल्टामा फिल्मले दर्शकको साथ राम्रो पाएको छ । अमेरिकाको विभिन्न शहरमा फिल्मको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयंम नै यतिबेला फिल्म प्रदर्शनका लागि अमेरिका पुगेका छन् ।

फिनल्याण्ड र स्पेनको बार्सिलोनामा फिल्म प्रदर्शन हुने क्रममा छ । जापानका केही सहरमा फिल्म प्रदर्शन तय भएर प्रचार प्रसार सुरु भइसकेको छ ।

कोरियामा डिसेम्बर ३ बाट फिल्म प्रदर्शनमा आउँदैछ । अष्ट्रेलिया, यूके, हङकङ, न्यूजल्याण्ड, क्यानडासँगै भारतमा समेत फिल्म प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha