‘झोला’ निर्देशकको ‘झिल्को’मा बर्षा सिवाकोटी अनुबन्धित
निर्देशक यादव भट्टराईको नयाँ फिल्म ‘झिल्को’ मा नायिका बर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । झोला र भोर जस्ता फिल्म निर्देशन गरेर प्रशंसा पाएका निर्देशकको फिल्म खेल्न पाउँदा नायिका सिवाकोटीले खुसी व्यक्त गरेकी छन् ।
‘झोला र भोर जस्तै सफल र ऐतिहासिक चलचित्रपछि अब निर्माण हुन लागेको चलचित्र “झिल्को“ को टिम मा अनुबन्दित हुन पाउँदा खुसी छु’, नायिका सिवाकोटीले आफ्नो फेसबुकमा सामाजिक सञ्जालमा लेखेकी छन्, यहाँहरुको आशिर्वादको अपेक्षा !’ फिल्मको यसै साता मुर्हत समेत गरिएको छ । मिडिया फर कल्चरल ब्यानरमा निर्माण हुने फिल्ममा सुनील पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी र बाल कलाकार आयुषी ढकाल मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।
फिल्ममा निर्देशक भट्टराईसँगै अरुण देव जोशी र कवि देव व्रतको संवाद तथा पटकथा, दीपक बज्राचार्यको छायांकन, आनन्द अधिकारीको गीत, चण्डी प्रसाद काफ्लेको संगीत रहनेछ ।