छोरी आयंकासँग प्रियंकाले गरिन् ‘उप्स’को उद्घाटन
अभिनेत्री प्रियंका कार्कीले धुम्बाराहीमा रहेको नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्कको उद्घाटन गरेकी छन् । सोमबारबाट औपचारिक रुपमा उद्घाटन भएको ‘उप्स’ मा बच्चा देखि प्रौढसम्मले खेलको मनोरन्जन लिन सक्नेछन् ।
रिवन काट्दै प्रियंका र संचालक टिमले औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रियंकाले सबै प्रकारका खेलहरु खेल्न सकिने ठाउँ आकर्षक बनेको बताईन् । प्रियंकाले भनिन्, ‘सबै परिवार नै मिलेर खेल्न सकिने विभिन्न प्रकारका खेलहरु एकै ठाउँमा पाए । ठुलो स्पेसमा भएको कारण पनि धेरैले एकसाथ खेलको मज्जा लिन पाउनु हुनेछ ।‘ छोरी आयंकासंग पुगेकी प्रियंकाले चाँडै नै श्रीमान् आयुष्मान देशराज जोशी र परिवार नै लिएर आउने वाचा गरिन् । संचालक टिमलाई शुभकामना दिन गायिका इन्दिरा जोशी आफ्ना श्रीमान्सँग पुगेकी थिइन् ।
आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इनडोर र आउटडोर खेलहरुको मनोरन्जन पार्कमा लिन सकिनेछ । सस्तो मुल्यमा धेरै खेलहरु एकैठाउँ खेलेर मनोरन्जन लिनु यो पार्कको मुख्य बिशेषता हो । साथै स-परिवार एकसाथ रुपमा पार्कमा गएर समय व्यतित गर्न सकिनेछ ।
भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमेली फन पार्क नेपालमा संचालनमा आएको हो। नेपालकै पहिलो यो फेमेली फन पार्कलाई देशका अन्य स्थानमा पुर्याउने योजना संचालक टिमले बनाएको छ । विभिन्न खेलको मज्जा एकै ठाउँ दिएर परिवारलाई नै मनोरन्जन दिलाउनु फन पार्कको मुख्य उदेश्य हो ।