पाँचथरमा दया र मिरुना स्टारर ‘मनसरा’को इन्डक्ल्याप
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म मनसराको छायांकन सकिएको छ । पौष २१ गतेबाट सुरु भएको उपेन्द्र सुब्बाको निर्देशित फिल्मको छायांकन ३० दिनमा सकिएको हो । फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ ।
फिल्म मनसरा का मुख्य कलाकार दया र मिरुनाको अन्तिम दृश्य खिच्दै पाँचथरमा इन्डक्ल्याप गरिएको हो । फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाले मनसराका निर्देशक हुन् । फिल्ममा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिनेछिन् ।
फिल्ममा मिरुना र दया सँगै प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।
कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।