जितु र नीतिपछि ‘ज्वाइँ साब’मा हिमेश पन्त पनि जोडिए
फिल्म ‘ज्वाइँ साब’ मा हाँस्यव्याग्य कलाकार हिमेश पन्त पनि जोडीएका छन् । उनले यो फिल्म यसै साता साइन गरेका हुन् । निर्माण पक्ष र उनीबिच फिल्मका लागि कागजी संझौता भइसकेको छ । हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’ साइन गरिसकेका छन् ।
रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा यसअघि कलाकार जितु नेपाल र नायिका नीति शाह फाइनल भइसकेका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्ममा हिमेको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।
यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । फिल्मको छायांकन वैशाखको १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । फिल्मलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।