find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

’पुजार सार्की’को नयाँ पोस्टरमा सबै स्टार, शुक्रबार टिजर

जेठ १० गते विश्वव्यापी रिलिज हुने फिल्म ’पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा अञ्जना बराइली र परीक्षा लिम्बुलाई पनि राखिएको छ । यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन स्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र प्रस्तुत छन् ।


यस पोस्टरमा सबै प्रमुख कलाकारहरू आ-आ-आफ्नो चरित्रमा देखिएका छन्। पोस्टरको बिच भागमा अभिनेता सिग्देललाई राखिएको छ। अभिनेता शाहले बन्दुक बोकेका छन् । अभिनेत्री लिम्बु दुई चुल्ठी बाटेकी चुलबुले युवती देखिएकी छन् भने बराइली जिम्मेवार महिला देखिएकी छन्। लामो कपालमा रहेका अभिनेता खड्का हाफ पाइन्ट (जाँगे) लगाएका छन्। यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ ।


दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस फिल्मलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ। यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्। उनले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्। निर्देशक राउतले यही शुक्रवार चलचित्र हल र डिजिटल रूपमा टिजर सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।

’प्रसाद’, ’क्लासिक’, ’नोभेम्बर रेन’, ’प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ’प्रकाश’मा सहकार्य गरेका थिए। चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्।

एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गरेका हुन्। यसमा पनि निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन्। राजेश श्रेष्ठको डिओपी रहेको ’पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha