बक्स अफिसमा आक्रमक दयाको ‘डिग्री माइला’
अभिनेता दयाहाङ राईको शिर्ष भूमिका रहेको फिल्म ‘डिग्री माइला’ को सुरुवाती व्यापार आक्रमक भएको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले तीन दिनमा ३ करोड ६ लाख कमाइ गरेको रिपोर्ट छ ।
तेश्रो दिनमा समेत फिल्मले सोचे अनुसारकै व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले सिनेमाले वक्सअफिसमा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए ।
‘अन्तिम हिसाब दिउँसो आउँछ तर प्रारम्भिक रिपोर्ट अनुसार फिल्मको तेश्रो दिनको कमाइ ६५-७० लाख छ’ शाहीले भने । फिल्मले रिलिजको पहिलो दिन ९८ लाख र दोश्रो दिन शनिबार २ करोड ८ लाख कमाइ गरेको थियो ।
तीन दिनमा फिल्मको कुल कमाइ ३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । ‘सिनेमा मजाले जान्छ दर्शकले सिनेमा मन पराइरहनु भएको छ । ५ गते चैते दशैंमा फिल्मले अझ राम्रो व्यापार गर्छ । हलहलमा गएर बुझेको दर्शक प्रतिक्रियाले सिनेमाले कमाइ राम्रो गर्ने देखाएको छ’, उनले भनेका छन् ।
फिल्ममा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ ।