ऋचा शर्माको मुख्य भूमिका रहने ‘सारंग’को सुटिङ सुरु
अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहने फिल्म सारंग को मुहुर्त सँगै आइतबारबाट सुटिङ सुरु भएको छ । केही दिन अघि घोषणा गरिएको फिल्मको सबै सुटिङ काठमाडौ आसपासमै समापन गरिने छ ।
प्रशान्त तामाङको निर्देशनमा रहेको फिल्मको कान्जिरोवा स्कुल, कोटेश्वरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै सुटिङ थालिएको हो । सुटिङ सेड्युल करिव एक महिना रहेको छ । कोरियोग्राफरको रुपमा समेत रहेका निर्देशक तामाङकै लेखन रहेको फिल्म बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा प्रस्तुत गरिदैछ। यसअघि पनि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्त फिल्ममार्फत समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा रहेको बताउछ्न ।
दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्ममा ऋचाका साथमा उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भुमिकामा छन् । सारंग बालदिवसको छेकोमा रिलिज गरिने बताएको छ ।