find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘अगस्त्यः च्याप्टर १’ले एउटा हलमा मनायो ५१ दिन

फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पुरा गरेको छ । सौगात मल्ल स्टारर फिल्म गत वर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको हो ।


फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश तामाङ रञ्जना सिनेप्लेक्समा उपस्थित भएर दर्शकसँगै फिल्म हेर्दै ५१औं दिनको खुसियाली सटेका थिए । निर्देशक चौधरीले आलोचना र तारिफका बाबजुद पनि फिल्मले ५१औं दिन मनाउनु खुशीको कुरा भएको बताए । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म ५१औं दिनसम्म आएर प्रदर्शनरत छ । दर्शकले देखाउनु भएको मायाप्रति हामी खुशी छौं । फिल्ममा पक्कै पनि केही कमिकमजोरी छन् । त्यो कमीकमजोरीलाई सुधार्दै जाने हामी प्रण गर्छौ ।’

‘अगस्त्यले आज ५१ औं दिनको कोसेढुङ्गा पार गर्दै गर्दा हामी एउटा दुबिधामा छौं कि यो कुनै सफलताको मापक बिन्दु हो या हैन ? तर एउटा कुरामा सायद कसैको बिमति नरहला कि अनेकन चुनौतीहरुको बाबजुत हाम्रो फिल्मले यति लामो समय पार गर्नु उपलब्धि हो । यस महत्वपूणर् घडीमा हामी हाम्रो दर्शकहरुमा हार्दिक नमन गर्न चाहान्छौं ।’, निर्देशक चौधरीले भनका छन् । चौधरीले अघि थपे, ई.सं. २०२५ मा यो टिमले नयॉं फिल्म लिएर आउने जानकारी गराउदछौं । यस सम्बन्धि घोषणा मजदुर दिवस अर्थात् मे १का दिन हुनेछ । अगस्त्य च्याप्टर २ः ई.सं. २०२६ मा भब्य रुपमा आउनेछ ।

यस्तै, निर्माता तामाङले आफ्नो फिल्मलाई दर्शकले दिएको मायाले खुशी भएको बताए । ‘हाम्रो फिल्मले ५१ औं दिन मनाउनु नै म र टिमका लागि यो ठूलो उपलब्धि हो । साथै कलाकार र मेकरका लागि यो भन्दा खुशीको कुरा अरु के नै हुनसक्छ र ?’, तामाङले भने ।

नायक नाजिरले दर्शकले फिल्म प्रति दिनुभएको माया र साथप्रति आभार व्यक्त गरे । उनले आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताए । यता, रोम-कमको भूमिकामा देख्दै आएका नाजिर हुसेनलाई फिल्म हेर्ने अधिकांश दर्शकले लामो समयपछि फरक र राम्रो चरित्रमा देख्न पाएको प्रतिक्रया दिएका थिए ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय रहेको एक्सन-थ्रीलर यो फिल्मले फस्टलुक, टिजर र ट्रेलरबाट उच्च हाइप पाएको थियो ।

खासगरी दर्शकले फिल्मका प्रमुख नायक सौगात मल्लको अभिनयको प्रशंसा गरेका थिए । भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरणलाई दर्शकले अधिक रुचाएका थिए ।
प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् ।

फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत रहेको छ । निर्माण पक्षले ‘अगस्त्य च्याप्टर २’लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha