find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सेनको ‘बलिदान’मा दिव्य देव अनुबन्धित

आसुसेन फिल्मस्को नयाँ प्रोजेक्ट ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस फिल्म मा भित्राइएको हो ।

फिल्मका प्रमुख भूमिकाहरूमध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए । “अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिलेदेखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने फिल्मको विषयमा कुराकानी गर्न पाएका थिएनौँ । ‘बलिदान’को एक प्रमुख पात्रको लागी उहाँ एकदमै सुहाउँदो कलाकार हुनुहुन्छ” निर्देशक सेनले भने, “यस फिल्ममा हामीले सबै उत्कृष्ट कलाकारहरूलाई अभिनय गराउँदै छौँ । फिल्ममा नयाँ भित्रिनु भएका कलाकारहरू पनि पहिले नै पोख्त भइसक्नुभएको छ ।”

नाट्य कर्म र चलचित्र अभिनयलाई सँगसँगै हिँडाइरहेका दिव्यले प्रमुख भूमिका निभाएको फिल्म ‘चिसो एस्ट्रे’बाट धेरै फिल्मकर्मीको नजरमा परेका थिए । उनले ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका फिल्ममा अभिनय गरेका छन् भने उनको प्रतीक्षित फिल्म ‘रुदाने’ भने रिलिजको पर्खाइमा छ । उनले हालै मात्र ‘मेयर’ फिल्ममा पनि अभिनय गरेका छन् । उनले अभिनय गरेको पछिल्लो नाटक ‘एउटा सपनाको अवसान’, ‘ट्रान्जिट’ लगायत निकै चर्चित छन् । उनले ‘लुक ब्याक इन एङ्गर’, ‘अन्ना इन द ट्रपिक्स’, ‘मिड समर नाइट्स ड्रिम’ लगायतका करिब दुई दर्जन अङ्ग्रेजी नाटकहरूमा पनि अभिनय गरेका छन् ।

अभिनेता दिव्यले ‘बलिदान’को टिमसँग जोडिन पाउँदा खुसी रहेको बताए । गत वर्ष नै रिलिज भएको यसको टिजरमा आवाज दिएका उनले निर्देशक सेनले त्यही बेला नै सँगै काम गर्ने प्रस्ताव गरेको बताए । उनले भने, “टिजरको समयमा नै उहाँले काम गर्नु पर्छ है भन्नु भएको थियो । मैंले पर्खिरहेको थिएँ । केही दिन अघि उहाँले बोलाउनु भयो र एउटा महत्वपूर्ण भूमिकामा काम गर्ने सहमति भयो । भव्यताका साथ फिल्म बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।”

‘बलिदान’को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन् । यस फिल्ममा यसअघि अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । सबै स्टार कलाकारहरूको अभिनय रहने यस फिल्मलाई लिएर ठुलो अपेक्षा गरिएको छ ।

निर्माता सन्तोष सेनको मेगा प्रोजेक्टको रूपमा रुपमा लिइएको फिल्म ’बलिदान’ को टिजर छायाङ्कन अगावै रिलिज भैसकेको छ, जस्को चर्चा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha