जानकी मन्दिरमा पल र पूजाको ‘रावायण’ मूर्हत
नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भुमिका रहने फिल्म ‘रावायण’को छायांकन सुरु गरिएको छ ।जनकपुरस्थित जानकी मन्दिरबाट सोमबार बिहान पूजाआजा गर्दै फिल्मको छायांकन थालिएको हो ।
मुर्हतमा कालाकार, निर्देशक र प्राविधिक उपस्थित थिए । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्ममा पल, पूजा र प्रमोद अग्रहरीसँगै प्रियंका कार्की, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको पनि अभिनय हुनेछ ।
शिवम् अधिकारीको पटकथा, सौरभ लामाको छायांकन, समीर मियाको भीएफएक्स, विक्रम स्वाँर र रामजी लामिछानेको नृत्य र श्री श्रेष्ठको द्वन्द्व हुनेछ । यो फिल्म भदौ २१ गते तीज छेकोमा प्रदर्शन तयारीमा छ । संगीतको सबै काम मुम्बईमा गरिएको हो ।