find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तेश्रो नेरुफमा ‘सतीदेवी’, स्वस्तिमा र दयालाई पुरस्कार

तेश्रो नेपाल ग्रामिण चलचित्र महोत्सव-०८० मा लक्ष्मण सुवेदीको ‘सतीदेवी’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । बरिष्ठ निर्देशक तथा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल सहितको जुरी कमिटीले महोत्सवको प्रतिस्पर्धामा रहेका फिल्म मध्येबाट ‘सतीदेवी’ लाई सर्वोत्कृष्ट ठहर्याउँदै यो फिल्मबाट निर्देशक सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्ट राइटर र यही फिल्मकी शीर्ष अभिनेत्री मलिका महतले सर्वात्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जित्न सफल भइन् ।

रामेछाप जिल्लाको रामेछाप नगरपालीका वडा नं- ८ स्थित गौरीशंकर माध्यमीक बिद्यालयमा ६-८ बैशाखमा आयोजना गरिएको महोत्सवमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’ बाट निश्चल बस्नेतले जिते भने यही फिल्मबाट स्वस्तिमा खड्काले सर्वोत्कृष्ट अभिनेत्री र राजेन्द्र मोक्तानले उत्कृष्ट कलरिष्टको अवार्ड पाए । यो फिल्मको निर्माण कम्पनी सिनेमा आर्टस् उत्कृष्ट ब्यानर घोषित भयो । दयाहाङ राईले ‘नाङ्गो गाउँ’ फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड जिते भने यही फिल्मबाट बनिश शाहले उत्कृष्ट सम्पादनको अवार्ड हासिल गरे । त्यसैगरी,उत्कृष्ट छायाँकारको अवार्ड ‘बिच्छेद’ फिल्मका लागि संकल भुजेलले पाए भने यो फिल्मले जुरी मेन्सन अवार्ड समेत जित्यो ।

यसैगरी सर्ट फिल्म तर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा उत्कृष्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ ले बाजी मर्‍यो । उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड अनिल बुढा मगर निर्देशीत द आइरन डिजरले’ ले जित्यो भने ‘अन्तै माया’ ले उत्कृष्ट म्युजीक सर्ट फिल्म र ‘रित्तो गाउँ’ ले जुरी मेन्सन अवार्ड जित्न सफल भयो ।


कार्यक्रममा अभिनेता मुकुल भूषाल, महोत्सवका कार्यक्रम संयोजक एवं फिल्म निर्देशक कमल एक्चै मगर, रामेछाप नगरपालिका ८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङ लगायतले मन्तव्य राखेका थिए । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न चलचित्रका निर्देशक, निर्माता तथा कलाकारहरुको उपस्तिथिरहेको थियो ।

महोत्सवमा सिनेमा प्रदर्शनका अलावा बिभिन्न विषयमा सिनेमा,पर्यटन र कलाकारिताको बिषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले सहजीकरण गरेको सो अन्तरक्रियमा रामेछाप नगरपालीकाकी उपमेयर बालकुमारी कार्की, बरिष्ट निर्देशक तथा चलचित्र बिकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल, हाइलाइट्स नेपालका म्यानेजर जनक तामाङलगायतका ब्यक्तित्वहरु सहभागी थिए ।

सेलिब्रेटी नेपालको आयोजनामा सम्पन्न महोत्सवमा ‘सतीदेवी’, ‘नाङ्गो गाउँ’, ‘दिमाग खराब’, ‘बिच्छेद’ ‘डेसान’ (अप्रतियोगी) फिचर फिल्म तथा बिभिन्न डकुमेन्ट्री अनि सर्ट फिल्म प्रदर्शन गरिएको थियो । महोत्सवको उद्घाटन कार्यक्रममा रामेछाप नगरपालिकाकी उप-मेयर बालकुमारी कार्की थापा प्रमुख अथिति थिइन् भने समापन कार्यक्रममा मेयर लबश्री न्यौपाने प्रमुख अथिति थिए ।

ग्रामिण परिवेशका कथामा निर्माण भएका चलचित्रलाई समेटेर ग्रामीण भेगमा नेपाली चलचित्रको प्रबद्र्धन गर्ने उद्धेश्यले पहिलोपटक गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सवको दोश्रो संस्करण काभ्रेको भकुन्डेबेसीमा सम्पन्न गरिएको थियो ।

महोत्सवमा अवार्ड बिजेता चलचित्र :
सर्वोत्कृष्ट फिचर फिल्म- ‘सतीदेवी’
सर्वोत्कृष्ट फिचर स्क्रिप्ट- ‘सतीदेवी’,लक्ष्मण सुवेदी
सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड- मलिका महत ‘सतीदेवी’
सर्वोत्कृष्ट निर्देशक- निश्चल बस्नेत, दिमाग खराब
सर्वोत्कृष्ट अभिनेता- दयाहाङ राई, नाङ्गो गाउँ
सर्वोत्कृष्ट अभिनेत्री -स्वस्तिमा खड्का,दिमाग खराब
बेस्ट कलरिस्ट- राजेन्द्र मोक्तान,दिमाग खराब
बेस्ट प्रोडक्सन कम्पनी- सिनेमा आर्ट्स नेपाल
बेस्ट एडिटर -बनिश शाह,नाङो गाउँ
जुरी मेन्सन अवार्ड-‘विच्छेद’
बेस्ट सिनेम्याटोग्राफर- संकल भुजेल,बिच्छेद
बेस्ट म्युजिकल सर्ट फिल्म -‘अन्तै माया’,रणधीर श्रेष्ठ
बेस्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड – ‘रित्तो गाउँ’ ,रामजी ज्ञवाली
बेस्ट सर्ट फिल्म-‘मदर’ ,परिच्छेद सेन
बेस्ट डकुमेन्ट्री-‘द आइरन डिगर’ ,अनिल बुढा मगर
बेस्ट कल्चरल फिल्म-‘माराङ’ मगर भाषा,बुद्दिया एस मगर

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha