केकी अधिकारीको ‘बोक्सीको घर’लाई प्रिमियरमा प्रशंसा
केकी अधिकारी निर्मित तथा अभिनित फिल्म ‘बोक्सीको घर’को बुधबार प्रिमियर शो आयोजना गरियो । सुलक्षण भारतीको डेव्यु निर्देशकिय फिल्मलाई प्रिमियरमा प्रशंसा मिल्यो । अभिनेता तथा निर्मात्री अधिकारी प्रिमियरको प्रतिक्रियाबाट उत्साहित छिन् ।
प्रिमियरमा अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘बोक्सीको घर’को कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरिन् । उनले फिल्म हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नु भन्दा पनि समाजको चेतना स्तर कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन् । स्वस्तिमासँगै प्रिमियरमा पुगेका सर्जक प्रकास सुपतले पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।
फिल्मको मर्म अनुसार नै गीत बनाउने अवसर दिएकोमा केकीजी लाई धन्यवाद, सपुतले भने, गीतलाई जुन हिसाबमा दर्शकबाट साथ सहगोग मिलेको छ, त्यस्तै सहयोगको खाँचो फिल्मलाई पनि छ । फिल्म हेरेर साथ दिन सम्पूणर् दर्शकलाई आग्रह गर्दछु । सपुतद्वारा सृजित गीत फिल्मको बुझिन मैंले गीतलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाइरहेका छन् ।
यता अभिनेत्री बेनिशा हमाल पनि समाजमा घट्ने विभिन्न घटना मध्येको एउटा तितो यर्थाथलाई टपक्क टिपेर माला जस्तै उनेर सुन्दर फिल्म निर्माण गरेकोमा अभिनेत्री तथा निर्मात्री केकी अधिकारी धन्यवाद दिइन् । निर्देशक दीपाश्री निरौलाले ‘बोक्सीको घर’ उत्कृष्ट फिल्म बनेको भन्दै सबै दर्शकलाई फिल्म हेर्नसाथ दिन आग्रह गरिन् । यता मिडिया पर्सोनालीटि रिमा विश्वकर्माले फिल्म राम्रो बनेको भन्दै यस्तो विषय वस्तुमा फिल्म बनाउने हिम्मत गरेकोमा साथी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई बधाई दिइन् । साथै केकीले फिल्मको पात्रको मनोदशा अनुसार उत्कृष्ट काम गरेको बताइन् । उनले बाल कलाकार सुपला सापकोटाको अभिनयको पनि तारिफ गरिन् ।
फिल्मकी निर्मात्री तथा मुख्य अभिनेत्री केकी अधिकारीले शुक्रबारसम्म ‘बोक्सीको घर’ आफ्नो सिनेमा भएपनि त्यसपछि सम्पुणर् दर्शकको फिल्म भएकाले साथ र सहयोगको अपेक्षा रहेको बताइन् । आफुले निर्देशक सुलक्षण भारतीसँग मिलेर समाजको कथा उठान गरेकाले सवैको साथ पाउनेमा आशावादी छु ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्ममा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।
नेपाल सहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । फिल्मको मल्टीप्लेक्स हलहरुमा अग्रिम टिकट बुकिङ खुला भैसकेको छ ।