find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘भाइरल गोर्खे’ मा अभिनय गर्दै ऋषि धमला

चर्चित सञ्चारकर्मी ऋषि धमला छायाँकनरत फिल्म ‘भाईरल गोर्खे’ मा कलाकारको रुपमा अनुबन्धित भएका छन् । सञ्चारकर्मी धमलाले फिल्ममा पत्रकारकै भुमिकामा अभिनय गर्न लागेको निर्माण टिमको भनाई छ ।


व्यस्तताका बावजुद पनि फिल्मको भूमिका मन परेकाले काम गर्न तयार भएको ऋषि धमलाले जानकारी दिएका छन् । आउँदो साताबाट धमलाको छायांकन सुरु गर्ने निर्माण युनिटको योजना छ । हाल फिल्मको लम्जुङको भुजुङ गाउँमा धमाधम छायांकन भैरहेको छ ।

निर्देशक निगम श्रेष्ठले फिल्मको कथा लेख्दा नै पत्रकार ऋषि धमलालाई हेरेर लेखेको बताए । ‘उहाँले व्यस्त समयका बीच पनि हाम्रो फिल्मलाई समय दिनु भएकोमा उहाँप्रति आभारी छौं । उहाँ सँगको सहकार्य अविस्मरणिय हुनेछ भन्ने विश्वास छ’, निर्देशक श्रेष्ठ भन्छन् ।

फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी र ऋषि धमला मुख्य भूमिकामा रहनेछन् । सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो खराब प्रवृत्तीलाई फिल्ममा देखाइनेछ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने फिल्मलाई अमर महर्जनले खिच्दै छन् । फिल्ममा बिशाल ताम्राकार र महेश लामिछानेको लगानी छ । फिल्मको छायांकन लम्जुङ, गोरखा र चितवनमा हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha