शे फोक्सुन्डोमा ‘द्रौपदी’ को इन्डक्ल्याप
फिल्म ‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा सकिएको छ । फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन् । फिल्म फागुन अन्तिममा डोल्पाको दुनइ, कालिका मन्दिरमा मुर्हत गरि सुटिङ थालिएको थियो ।
अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नवकलाकारहरु प्रमुख भूमिकामा छन् । करिब चार बर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतको अभिनय छ । मोहनकुमार झिल्लुको छायांकन, रबि ओडको संगीत, बिजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम्, बिष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवाली छन् ।
खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् । नारी प्रदान बिषयमा निकै मिहीनेतका साथ फिल्म निर्माण गरिएको निर्देशक आचार्य बताउँछन् ।