find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विराज भट्टको ‘१२ गाउँ’मा सनिशा भट्टराई अनुबन्धित

अभिनेता विराज भट्टको निर्देशनमा निर्माण हुने फिल्म ‘१२ गाउँ’ मा नव नायिकाको रुपमा मोडल सनिशा भट्टराई अनुबन्धित भएकी छन् । सोमबार फेसबुकमा एक पोस्ट मार्फत् फिल्ममा सनिशाको अभिनय रहने अभिनेता तथा निर्देशक भट्टले जानकारी दिएका हुन् ।


फिल्ममा उनको मुख्ख भूमिका रहने विराजले जनाएका छन् । छोटो समयमै म्यूजिक भिडियोमा स्थापित सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी र्पयो’, ‘साइँली’, ‘लुम्बिनी कणर्ाली’ जस्ता दुई दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् । अब ‘१२ गाउँ’बाट उनी सिनेमामा आफ्नो करिअर सुरु गर्न लागेकी हुन् ।

यही वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् भने उनका छोरा समीर भट्टले सोही फिल्म मार्फत डेव्यु गर्दैछन् । यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल-२०२२ न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन् । फिल्ममा खलनायकको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ ।

फिल्मको सन्तोष सरकारले कथा तथा पटकथा लेखेका हुन् । विराजले फिल्मलाई फराकिलो स्केलमा निर्माण गर्दैछन् । एक्सन प्रधान फिल्मका लागि उनले दक्षिण भारतीय फिल्मबाट द्वन्द्व निर्देशक लिएका छन् । थुप्रै तमिल फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भाको सिनेमामा द्वन्द्व निर्देशनसँगै खलपात्रको भूमिका अभिनय पनि गर्ने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha