असफलतामा अडिएकी सफल मिरुनाको ‘मनसरा’ पर्खाइमा
अभिनेत्री मिरुना मगरका लागि २०८०स्वर्णीम साल बन्यो । जारीमा उनले निर्वाह गरेको भूमिकाबाट मिरुना वाहीवाहीको पात्र बनिन् भने उनी अभिनित अर्को फिल्म ‘नांगो गाउँ’ सफल भयो ।
‘जारी’ प्रिमियरमा मिरुना
यस्तै फिल्म ‘रंगीली’को व्यापार पनि औषत रह्यो । उनी आर्टमाण्डुको ‘उनीको स्विटर’मा अनुबन्धित भइन् । ‘घरज्वाईं’को सुटिङ सकाइन् र अन्य फिल्महरुमा पनि उनी आवद्ध भएकी छन् । यसर्थ अभिनेत्री मिरुना मगरका लागि २०८० अभिनय जीवनकै सम्झनयोग्य साल बन्न पुग्यो । यो सालको सुरुवात पनि सुखद् हुने संकेत छ, यद्पी यस्को समिक्षा २०८१ को अन्त्यमा हुनेछ ।
‘जारी’ प्रिमियरमा मिरुना, दयाहाङ राई र उपेन्द्र सुब्बा
गत वर्षको सर्वाधिक सफल फिल्म ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोश्रो फिल्म मनसरा लाई आशातित् फिल्मको रुपमा हेरिएको छ, जसमा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका छ । मिरुनासँगै प्रविण खतिवडा, मेनुका प्रधान र दयाहाङ राईको अभिनय रहेको फिल्म यो शुक्रबार, बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
अहिले फिल्ममा सफलता पाइरहेकी अभिनेत्री मिरुना मगरको सुरुवातका फिल्महरु भने लगालत असफल बने । लालपुर्जाबाट अभिनय यात्रा सुरु गरेकी मिरुना अभिनित रोज, साइनो, चचहुईं जस्ता फिल्महरु सफल भएनन् । यी फिल्महरुमा मिरुनाको अभिनयको कुनै चर्चा भएन । लाहुरे नामक फिल्म त आन्तरिक विवादका कारण छायाँकन नै पुरा हुन सकेन ।
यसरी लगालग असफलता हात पारेकी मिरुनाको फिल्मी यात्राले ‘कबड्डी चार’ प्रदर्शन पश्चात् भने लय लिन थाल्यो । रामबाबु गुरुङ निर्देशित फिल्मले व्यापारमा नयाँ किर्तिमानी कायम गरेसँगै मिरुनाले पछाडी फर्केर हेर्नु परेको छैन्, रफ्तारमा चलिरहेको छ ।
करिब ६ वर्षे मिरुनाको फिल्म करिअरलाई छोटकरीमा नियाल्दा, उनी सुरुवाती असफलता समेत अडिएर सफल भएकी अभिनेत्री हुन् । नम्र र शालिन स्वभावकी मिरुनाले आफुलाई पर्दामा परिमार्जित गर्दै लखेको देखिन्छ ।
अभिनेता दयाहाङ राईको अपोजिटमा अनिवार्य जस्तै देखिएकी मिरुनाको मनसराले कत्तिको मन जित्ला त ? यो शुक्रबारसम्म प्रतिक्षा गरौं । बाँकी प्रोजेक्टको प्रंतिक्षा त छंदै छ ।