श्रमिक दिवसमा मैथली फिल्म ‘लेबर’ घोषणा
एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु के झाले फिल्म ‘लेबर’ को घोषणा गरेका छन् । पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिनेछ ।
बुधबार आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले यसले लेबर र सरकार बीचको कथा भन्ने बताए । ‘हाम्रो देशबाट लेबरको काममाविदेशिन सङख्या बढी छ । उनीहरूको आ-आफ्नै कथाछ ।तीकथालाई पर्दामार्फत धेरै व्यक्तिसम्मपुर्याउनु पर्छ भन्ने लागेर हामीले फिल्मनिर्माण गर्दैछौँ’, निर्देशक झाले भने । उनले फिल्मलाई मैथलीभाषामातयार गर्दैछन् । यद्यपिउनले नेपाली र भोजपुरीमा स्वराङ्कन गरेर प्रदर्शन गर्नेछन् ।
‘हामीले बाहिर त बजार बनायौं तर नेपालमै मधेशमा स्वदेशीफिल्मलाई दर्शकले साथदिएका छैनन् । यसकारण पनिविविधभाषामातयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, उनले भने । सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह-निर्माता रहेको फिल्मलाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका छन् ।
उत्पल झा, रामभजनकामत, राजेश सक्सेना, राकेश यादव, जयनाथअधिकारीलगायतकाकलाकार अहिले तय भएको र अन्यकलाकार छिटै घोषणा गरिने निर्देशक झाले बताएका छन् । फिल्मका कलाकार उत्पलझाले यस फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘हामीले फिल्मलाई विषय प्रधान बनाउन थालेका छौँ । यसमा मिथिलासँगै नेपालभरका दर्शकलाई हे कथा छ’, कलाकार झाले भने ।
फिल्मको डिजिटल पार्टनरको रुपमा नेपाली भाषाको लागि ओएसआर डिजिटल र भोजपुरी तथा मैथली भाषाको लागि अरिपन फिल्म्स प्राइभेट लिमिटेड रहेको छ । प्रबिण कुमार रावत प्रथम सहायक निर्देशक रहेको फिल्म ‘लेबर’लाई यसै वर्ष सन् २०२४ को अन्तिम महिना डिसेम्बरमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।