find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रिमियरमा ‘मनसरा’ले मन जित्यो, मुक्तकंण्ठले प्रशंसा

‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोश्रो फिल्म ‘मनसरा’लाई प्रिमियरमा मन पराइएको छ । प्रिमियरमा उपस्थित कलाकर्मी र सञ्चारकर्मीले मनसराको मुक्तकंण्ठले प्रशंसा गरे ।

निर्देशक निश्चल बस्नेतले मनसरामा आवद्ध सबै कलाकारको काम उत्कृष्ट लागेको बताए । ‘मनसरा’ जारी भन्दा अझ उत्कृष्ट र परिस्कृत बनेको समेत उनले बताए । ‘उहाँले नेपाली सिनेमामा साहित्य जरुरी छ है भन्ने प्रमाणित गरिदिनु भयो । एक पटक सबै दर्शकलाई यो सिनेमा हेर्न अनुरोध गर्छु ।’, निर्देशक बस्नेतले भने ।


अभिनेता खगेन्द्र लामिछानेले पनि फिल्म निकै मन परेको बताए । ‘उपेन्द्र सुब्बा दाई सामाजिक कथा अनि हामीले देखेका र सुनेका घटनालाई गहन रुपमा प्रस्तुत गर्नु भएको छ । सिनेमामा साहित्यलाई एकदमै मज्जाले कनेक्ट गरिदिनु भएको छ ।’ निर्माता तथा निर्देशक अशोक शर्माले पनि निर्देशक उपेन्द्र सुब्बाको काम र फिल्मको प्रस्तुतिकरण उत्कृष्ट लागेको बताए ।

‘महाजात्रा’ निर्देशक प्रदीप भट्टराईले फिल्म फरक फरक आउनु पर्ने र त्यही फरक फिल्म मध्ये एक ‘मनसरा’ भएको बताए । फिल्म उद्योग भनेको साँच्चिकै बगैंचा जस्तो भएकाले त्यहाँ एकथरी मात्रै फूल फुल्यो भने त कामै भएन नि त्यहाँ थरीथरीका फूल फुल्न जरुरी रहेको बताए । ‘जारी’मा उपेन्द्र दाई बगैचामा एकदुई थरी फूल फुलाउनु भएको थियो । यसपाली ‘मनसरा’लाई पुरै बगैंचा नै बनाउनु भएको छ । सुन्दर बगैंचा एक पटक घुम्नै पर्ने खालको निर्देशक भट्टराईले भने ।

अभिनेत्री सुरक्षा पन्तले मनसरा हेर्दा आनन्द आएको बताइन् । ‘उपेन्द्र दाई माया कसरी बुझ्नु हुन्छ भन्ने प्रश्न सोध्न मन लाग्छ’, उनले भनिन्, ‘तपाईले माया कसरी बुझ्नु भयो त्यो पनि सजिलो प्रेम होइन । यस्तो सिरियस प्रेम, समाजमा पाच्य नहुने अथवा हामीलाई पश्न गरिरहने प्रेम सम्बन्धलाई पनि साधारण र पोयट्रीक माध्यमबाट प्रस्तुत गर्न सफल हुनु भएको छ । उपेन्द्र दाई अत्याधिक सफलताको शुभकामना दिन्छु।’

प्रिमियरमा सहभागीले निर्देशक सुब्बाको निर्देशकिय पक्ष र अभिनेता प्रवीन खतिवडाको अभिनयको खुलेर तारिफ गरेका छन् । यो फिल्म पश्चात प्रवीन खतिवडाको करियरले फड्को मार्ने विश्लेषण धेरैको थियो । यता अभिनेत्री मिरुना मगर, मेनुका प्रधान र फिल्ममा तान्छोको रुपमा अभिनय गरेका बालकलाकारको अभिनयलाई पनि प्रशंसा मिल्यो । उनीहरुको जिवन्त अभिनयले सबैको मन जित्यो । अभिनेता दयाहाङ राईलाई फिल्ममा आवश्यता अनुसार नै प्रस्तुत गरिएको छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान सँगै हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता डिओपी शैलेन्द्रध्वज कार्की हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha