find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

केकीको ‘बोक्सीको घर’को कलेक्सन ६ करोड माथि

केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ को पहिलो साताको कलेक्सन सार्वजनिक गरिएको छ । फिल्मले पहिलो साता ६ करोड माथिको व्यापार गर्ने अनुमान वितरक टिफल्क र डिसिएनले गरेको छ । फिल्मले बुधबारसम्म पाँच करोड ४५ लाख ग्रस कलेक्सन गरेको जानकारी वितरकद्धयले दिएका हुन् ।

फिल्म ‘बोक्सीको घर’ले बुधबार मात्रै एक करोड ६० लाख ब्यापार गरेको वितरक अशोक शर्माको दाबी छ । बिहीबार राजधानीमा प्रेसमिट गर्दै फिल्मलाई सफल बनाउने सम्पुणर् दर्शकलाई अभिनेत्री तथा निर्मात्री केकी अधिकारी र निर्देशक तथा लेखक सुलक्षण भारतीले धन्यवाद ज्ञापन गरे । यस्तै, यो फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेनले सुपरहिट घोषणा समेत गरेको छ ।

यो सँगै फिल्म ‘बोक्सीको घर’को दोस्रो श्रृंखला निर्माण हुने जानकारी निर्माण टिमले दिएको छ । बिहीबार आयोजित कार्यक्रममा निर्माता टिमले चाँडै दर्शकले सिक्वेल हेर्न पाउने जानकारी दिइयो । २ दिनअघि नै हलमा चलिरहेको सिनेमामा ‘टु बि कन्टिन्युड’ वाक्यांश राखिएको निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले बताइन् ।

निर्देशक सुलक्षण भारतीले दोस्रो श्रृंखलाको स्क्रिप्ट लेखन सकिएको बताए । ‘स्क्रिप्ट लेखन सकिइसकेको छ,’ भारतीले भने, ‘बीचमा एउटा सिनेमा गरेर मात्र बोक्सीको घरको दोस्रो श्रृंखला बनाउँछु ।’ उनले अर्को सिनेमाको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए ।

अभिनेत्री तथा निर्मात्री अधिकारीले ‘बोक्सीको घर’ सुपरहिट हुँदा आफूलाई सपना जस्तो लागिरहेको बताइन् । उनले भनिन्, ‘साँच्चै भन्नुहुन्छ भने मलाई सपना जस्तो महसुस भैरहेको छ । मलाई हो कि होइन जस्तो लागिरहेको छ ।’ कथावस्तु बलियो हुनुपर्छ भन्ने पाठ यो सिनेमाबाट सिकेको केकीले बताइन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपाल सहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

फिल्ममा केकी सँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha