find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदिप खड्काको ‘ऐरी’मा ‘जवान’का सांगे पक्का

अभिनेता प्रदीप खड्का स्टारर फिल्म ऐरी मा भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिम अनुबन्धित भएका छन् । सांगे र यो फिल्मका निर्देशक जीवन थापाबिच बुधबार कागजी संझौता भएको छ । फिल्मका लागि संझौता गर्न सांगे मंगलबार नेपाल आएका थिए ।


फिल्ममा सांगेको भूमिका बारे हाल केही खुलाएको छैन । तर, यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको सांगेले बताएका छन् । फिल्ममा अनुवन्धित भएपछि ‘जवान’ अभिनेताले भने-‘मैंले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । साथमा, मलाई सधंै नै योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ ।’

बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सांगेले बताएका छन् । सांगेले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाईमा लैजानका लागि पनि आफूले यो फिल्म साइन गरेको बताए । साथै, उनले फिल्मका निर्देशक जीवन थापा र नायक प्रदिप खड्का प्रतिभाशाली भएकाले पनि काम गर्न उत्साहित भएको तर्क गरे ।

यो फिल्मको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ । यो फिल्मलाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ । फिल्मको छायांकन केही महिनापछि सुरु हुनेछ । निर्माण पक्षले अब कलाकारहरुलाई अनुवन्धित गर्ने कामलाई अगाडि बढाएको बताए ।

यो फिल्मका लागि नायक प्रदिप खड्काले निकै मिहिनेत पनि गरिरहेका छन् । फिल्म ‘जवान’मा काम गरेपछि सांगेको चर्चा नेपाली दर्शकमाझ पनि निकै छ । यसैले, नेपाली फिल्ममा उनको प्रवेशले नेपालीसँगै भारतीय दर्शकलाई पनि उत्साहित बनाउने पक्का छ । प्रदीप अभिनित फिल्म पुजार सार्की जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha