पुर्वतिर ‘मनसरा’को सुखद् सुरुवात, हलहलमा स्टार
‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’ यो शुक्रबार, बैशाख २१ गतेबाट प्रदर्शनमा आएको छ । प्रदर्शनपुर्व फिल्मको राजधानी र मोफसलमा प्रिमियर गरिएको थियो ।
बुधबार काठमाडौंमा प्रिमियर गरिएको फिल्मको बिहीबार साँझ क्युएफएक्स विराटनगरमा प्रिमियर गरिएको थियो । फिल्मले दुवै ठाउँको प्रिमियरमा उपस्थित पाहुनाबाट उत्कृष्ट प्रतिक्रिया पाउन सफल भयो । बिहीबार प्रिमियरको लागि पूर्वी नेपालको विराटनगर पुगेको फिल्मको टिमले शुक्रबार विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको समेत थियो । पूर्वका विराटनगर, इटहरी तथा धरानका विभिन्न हलमा पुगेको फिल्मको निर्माण टिमले दर्शकसँग भेटेर साक्षात्कार गरेको हो । फिल्मको शुक्रबार दिउँसोबाट बढेको छ ।
मोफसलमा बिशेष गरी पुर्वी नेपालका फिल्म हलहरुमा भने शुक्रबार बिहानी शोबाटै हाउफूसल दर्शकको चाप देखिएको हो । हल हाउसफूल भएपछि दर्शक प्रतिक्रिया लिने क्रममा फिल्मलाई उत्कृष्ट वडअफ माउथ मिलेकाले शनिबारबाट हलमा दर्शकको फ्लो बढ्ने विश्वास निर्माण टिमलाई छ । शनिबार दमक र विर्तामोड पुगेर दर्शक प्रतिक्रिया लिने तयारी निर्माण टिमको छ ।
फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले दर्शकमा उत्कृष्ट प्रतिक्रिया मिलेको र पुर्वी नेपालमा देखिएको दर्शक चाप विस्तारै नेपालभरीका हलमा देखिने विश्वास व्यक्त गरे ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।
फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।