बधाई : अस्मिता र महेशले दुबईमा साटे ‘सहयात्रा’को औंठी
पाश्र्व गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले औंठी साटेका छन् । प्रेम सम्बन्ध रहेको लामो समयपछि अस्मिता र महेशले दुबईमा पुगेर ईन्गेजमेन्ट गरेका हुन् । साँगीतिक क्षेत्रमा सफल यो जोडीलाई सहयात्राको नयाँ सुरुवाताको लागि शुभकामना !
अस्मिता र महेश दुबैले बुधबार आ-आफ्नो सामाजिक सञ्जालमा ‘सहयात्राको यो सुरुवात…वि आर इन्गेज्ड’ भन्दै तस्बिरहरु सेयर गरेका छन् । सार्वजनिक तस्बिरहरुमा उनीहरु खुसी देखिन्छन् । सुपरहिट गीत लज्जावती झारको जोडीलाई सामाजिक धेरैले सञ्जालमा शुभकामना दिइरहेका छन् ।
अस्मता अहिलेकी रुचाइएकी पाश्र्व गायिका हुन् । महेशले पनि बालखैमा गायिका सुरु गरेका हुन् । उनले बालखैमा गाएको ‘सानीमा’ जस्ता गीतहरु सुपरहिट छन् । महेश र अस्मिता दुबै हाल रेकर्डिङ, मेला महोत्सव र देश तथा विदेशका कार्यक्रममा व्यस्त छन् ।