‘पुजार सार्की’ र ‘फर्की फर्की’ प्रदर्शनको पाँचौं सातामा प्रवेश
फिल्म ‘पुजार सार्की’ र ‘फर्की फर्की’ प्रदर्शनको पाँचौ सातामा प्रवेश गरेका छन् । जेठ १० गतेबाट प्रदर्शनमा आएका यी दुई फिल्मले यो बिहिबारबाट प्रदर्शनको पाँचौ हप्ताको यात्रा सुरु गर्न सफल भएका हुन् । ‘पुजार सार्की’ र ‘फर्की फर्की’ ले नेपालसँगै विदेशमा समेत दर्शकको उत्साहपुणर् साथ पाइरहेका छन् ।
दिनेश राउत निर्देशित फिल्म पुजार सार्कीमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परिक्षा लिम्बुको मुख्य भूमिका छ । विकास सुवेदीको लेखन रहेको फिल्मले जातिय विभेद विरुद्धको विषयलाई प्रस्तुत गरेको छ । संगीतकार सुभाष भूषाल पुजार सार्की मार्फत पहिलो पटक फिल्मको निर्माता बनेको हुन् । फिल्मलाई दर्शकले रुचाइ रहेका छन् ।
यस्तै फिल्म ‘फर्की फर्की’ मा अनमोल केसी र जसिता गुरुंगको मुख्य भूमिका छ । यही फिल्मबाट रवि काफ्ले र समृद्धि अर्यालले अभिनयमा डेव्यु गरेका छन् । सुयोग गुरुंग निर्देशित फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । निर्देशक गुरुंग अनमोलकै मुख्य भूमिका रहने जेरी अन टपको निर्देशनमा जुटेका छन् ।
‘पुजार सार्की’ र ‘फर्की फर्की’ले प्रदर्शनको चौथो साता पार गर्दा यो शुक्रबार दयाहाङ राई स्टारर फिल्म गाउँ आएको बाटो तेश्रो सातामा प्रवेश गर्दैछ । फिल्म बाटोले समेत दोश्रो साताको यात्रा तय गर्दैछ । अनि पूजा शर्मा स्टारर एक्सन फिल्म दान्भी फ्रेस रिलिज हुँदैछ भने भजन शिरोमणी स्व.भक्तराज आचार्यको बायोपिक फिल्म आचार्य यही शुक्रबारबाट पुनः प्रदर्शनमा आउँदैछ ।
यो शुक्रबार असार ७ गतेबाट कुल पन्ध्र फिल्महरु नेपालका हलहरुमा प्रदर्शन हुनेछन् । यी मध्ये कुन फिल्मले कस्तो दर्शकको पाउलान् त ?