ऋचाको ‘तेल भिसा’ सकियो, रेणु दाहालले यसो भनिन्
फिल्म तेल भिसाको छायांकन ३५ दिनमा प्याकअप भएको छ । ७० प्रतिशत छायांकन अमेरिकामा गरिएको फिल्मको बाँकी ३० प्रतिशत छायांकन चितवनमा सेट लगाएर गरिएको हो । मल्टीस्टारर फिल्मलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् ।
फिल्मको इन्डक्ल्याप कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेर रेणु दाहाल समेत उपस्थित थिइन् । उनले चितवनको भरतपुरमा फिल्म छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिइन् । यस्तै, फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफु यो फिल्म हेर्न समेत उत्सुक भएको बताइन् । फिल्ममा विपिनको जवान र बृद्ध गरि दुई फरक अवतार दर्शकले हेर्न पाउने छन् । मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा विपिनका अलवा वर्षा राउत, ऋचा घिमिरे, पुजा लामा र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।