find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बनेपा पुगेर आँचल र विवेकले गरे ‘कन्या पूजा’

कृष्ण जन्माष्टमीको अवसर पारेर आज बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव-नायक विवेक कर्मचार्य, कलाकारहरु किरण केसी, रविन्द्र खड्का, कुसुम शर्मा र विजु पार्की सहभागी भएका छन् । ‘कन्या पूजा सनातन गुठी’ले हरेक बर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ ।

दश हजार भन्दा बढी दर्शकको उपस्थिती रहेको उक्त कार्यक्रममा फिल्म ‘वर एण्ड वधु’का मुख्य कलाकारहरुले ‘कन्या पूजा’ गरेका हुन् । सो अवसरमा फिल्मका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए । हरेक बर्ष आयोजना हुने ‘कन्या पूजा’मा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुशी र आनन्द लागेको नायिका आँचल शर्माले बताइन् ।


करिब एक घन्टा भन्दा बढी समय कन्याहरुलाई कापी र विस्कुट वितरण गरेकी आँचलले निकै नै हर्षित भएको अनुभव सुनाइन् । यस्तै, फिल्मका नायक विवेक कर्मचार्यले आफूले विगत ४ बर्षदेखि निरन्तर रुपमा ‘कन्या पूजा’मा आएर विभिन्न कुराहरु दान गर्ने गरेको सुनाए ।


भदौको १४ गते अर्थात शुक्रबारदेखि रिलिजमा आउन लागेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । जानुका थापाको लगानी रहेको फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको ट्रेलर र गीतसंगीतलाई दर्शकले रुचाएका कारण पनि बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माणटिमको छ ।


एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ । ‘कन्या पूजा’को अवसरमा फिल्मको निर्माण टिमले १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।

तस्बिर : राज मल्ल

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha