कृषाले सुरु गरिन् ‘पिताम्बर’को दोश्रो चरणको सुट
फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । बालाजुस्थित एनएफडीसी ल्यावबाट निर्देशक कृषा चौंलागाईले फिल्मको छायाँकन सुरु गरेकी हुन् । फिल्मको भदौ १० गते सोमबार, श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मुर्हत पनि गरिएको थियो ।
निर्देशक चौलागाईंले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सवै कलाकारले फिल्मको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप विक्रम अमेरिकाबाट फर्के पश्चात् र आँचलले ‘वर एण्ड वधु’ रिलिजपछि फिल्मको छायांकनमा जोडिने छन् ।
केही दिनमा काठमाडौंको छायांकन सकेर फिल्मको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ । फिल्मको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थिो । ‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो । यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ ।
फिल्ममा सौगात र प्रदीपका अलवा दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीको अभिनय रहने छ । फिल्ममा अभिनेता आर्यन सिग्देल पनि बिशेष भुमिकामा देखिने छन् ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ ।