find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दीपक रौनियार निर्देशित ‘राजागंज : पूजा, सर’को टिजर

दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ । टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरेको छ । यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन् । टिजर :

फिल्ममा आशा सँगै पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकार फिचर्ड छन् । साथमा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ । निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन’ पछि यो तेस्रो निर्देशकिय फिचर फिल्म हो । भेनिसमा विश्व प्रिमियर तयारीमा रहेको सिनेमाको प्रिमियरअघि नै विभिन्न देशमा सिनेमाको वितरण अधिकार पनि बिक्री भैसकेको निर्माण टिमले जानकारी दिएको छ । विभिन्न अर्न्तराष्ट्रिय महोत्सव र हल रिलिज अघि नै सिनेमाको विभिन्न देशको राइट बिक्री भएपछि निर्देशक रौनियारले खुसी व्यक्त गरेका छन् ।


फ्रान्स प्रदर्शनका लागि एआरपी सेलेक्सन कम्पनीले सिनेमाको राइट किनेको छ । एआरपी सेलेक्सनले यसअघि विश्वचर्चित अस्कर मनोनित सिनेमा ‘पास्ट लाइभ्स’ र ‘ट्रेन टु बुसान’ लगायतका सिनेमा वितरण गरेको छ । सिनेमाको स्वीट्जरल्याण्ड, जर्मनी र अष्ट्रियाको लागि ट्रिगोन प्रदर्शन अधिकार किनेको छ ।

यो सिनेमाले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ । यो फिल्मको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha