समिक्षा र सज्जाको स्वरमा देवीको ‘सेलाइ देउ खोलामा’
यो शुक्रबार, तीजको अवसर पारेर प्रदर्शन हुने फिल्म ‘देवी’को ‘सेलाइ देउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका शब्द मर्मस्पर्शी लाग्छन् । सुशान्त गौतमको संगीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना रहेको सिनेमाको गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ ।
सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि सुन्न सकिन्छ । शिल्पा मास्के, नाजिर हुसेन र गौरव पहारीको अभिनय रहेको फिल्म सार्वजनिक टिजर, ट्रेलर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।
फिल्म देवी नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।
रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमाको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।