find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दया र मिरुनाको ‘घरज्वाइँ’ को ५१ दिने सेलिव्रेसन

फिल्म ‘घरज्वाइँ’ले प्रदर्शनको ५१ दिन पुरा गरेको खुसीयालीमा यस्को निर्माण कम्पनीले शनिबार प्राविधिक तथा कलाकारलाई सम्मान गरेको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म गत असार २७ गतेदेखि प्रदर्शनमा आएको थियो ।

फिल्मको ५१ औं दिन सेलिब्रेसन गर्न उपसभामुख इन्दिरा राना पनि उपस्थित थिइन् । सोही अवसरमा फिल्मका प्राविधिक, कलाकार र हललाई सम्मान गरिएको थियो । सिनेमाले क्युएफएक्स सिटी स्क्वाएर, आईएनआई लोत्से, नयाँ बानेश्वर, बुटवल, सिने रोयल नेपालगञ्ज, बिएसआर मुभिजमा ५१ औं दिनसम्म चलेको थियो ।

अभिनेत्री मिरुना मगरले ‘घरज्वाइँ’लाई सफल बनाउन सहयोग गर्ने सम्पुणर्लाई धन्यवाद । बिशेषगरी आज ५१ औं दिनमा हामीले सिनेमा छायांकन गरेका तकसेरा लगायतका ठाउँका सम्पुणर् बासिन्दालाई सम्झिन चाहन्छु । यो फिल्ममा काम गर्ने अवसर जुराइदिने निर्देशक अनिल बुढामगर र निर्माता जनक घर्ती मगरप्रति आभारी रहेको उनले बताइन् ।

फिल्मका मुख्य अभिनेता दयाहाङ राईले झण्डै ५ वर्षदेखिको निर्माता जनक र निर्देशन अनिलको मेहनत सफल भएको छ । यो अवधीमा मलाई साथ र सहयो गर्ने सम्पुणर् प्राविधिक टिम र कलाकारहरुप्रति आभारी छु । साथै, हाम्रो ५१ औं दिनको खुशीमा सहभागी भैदिनु भएकोमा उपसभामुख इन्दिरा राना ज्युप्रति पनि आभारी छु ।

निर्देशक अनिल बुढा मगरले मलाई यो ५१ औं दिन मनाउने खुशी आफ्नो ठाउँमा होला । समग्रमा सिनेमा मैले गर्दा मात्र बन्ने होइन । सम्पुणर् टिमको मेहनल चाहिन्छ । सवै टिमको साथ र सहयोगले नै हामी आजको दिनसम्म पुगेका हौं । यो साथको लागि सम्पुणर्मा आभारी छु । बिशेषगरी मेरो लेखन र निर्देशनमा विश्वास गरेर लगानी गर्ने निर्माता जनक घर्ती मगरप्रति कृतज्ञ छु ।

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गरेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha