find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रावायण पल शाहको कमव्याक फिल्म हो’ : पूजा शर्मा

तीजको अवसर पारेर भदौ २१ गतेबाट फिल्म रावायण प्रदर्शनमा आउँदैछ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह लगायत अन्य कलाकारहरुको अभिनय छ ।

फिल्ममा पल शाहको दोहोरो भूमिका छ । पूजा शर्माले चाहि सञ्चारकर्मीको भूमिकामा निर्वाह गरेकी छन् । फिल्मको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । ‘पत्रकारितामा करिब १०-१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । फिल्ममा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुती दिँदा पुरानो सम्झना आउँदो रहेछ । त्यतिबेला ‘अहो बिर्सेछु यार’ भन्ने फिलिङ आउँदो रहेछ’, फिल्मकी ‘वैभवी’ पात्र पुजा भन्छिन् ।

कुनै समय पत्रकारितामा रमाएकी पुजाले ‘रावायण’मा पत्रकार भूमिकामा देखिन केही अध्ययन पनि गरिन् । ‘यो फिल्म मैले अहिलेसम्म गरिरहेको फिल्मभन्दा फरक थियो । त्यही भएर अलिक ‘स्ट्रङ’ खालको भूमिका भइसकेपछि बोलीचाली र लुक्समा ध्यान दिएको थिएँ । चरित्रकै लागि नियमित समाचार हेर्थे, को कसरी बोल्छ हेर्थे । कतिपय अवस्थामा युट्युबमा पनि खोज्थें’, पुजाले चरित्रको तयारी सम्झिइन् ।

पूजा आफ्नै कारणले ‘रावायण’को कथा अघि बढेको बताउँछिन् । ‘रावायणमा जे जति घटना भइरहेका हुन्छन्, ती सबैको कारण मै हुँ । फिल्ममा हामीले एसिड आक्रमणदेखि लिएर देशमा मानिसहरुले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाएका छौं’, पुजा भन्छिन् ।

पुजाको भनाईमा उनलाई ‘उत्कृष्ट मेकर’ बन्नु छ । त्यो प्रयासमा आफूलाई ‘रावायण’ले सफल बनाउने उनको बुझाई छ । ‘रावायणबाट म कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु । म बेस्ट मेकर भएर आउँ, त्यसकै लागि दर्शकलाई ‘रावायण’ दिँदैछु । दर्शकलाई पनि पुजा शर्माले ल्याउँदा यस्तो फिल्म राम्रो रहेछ है भन्ने अनुभव होस् । म यसपटक मेकरका रुपमा मात्र फोकस छु’, पुजाको दाबी छ ।

पुजा आफूलाई ‘नम्बर वान’को ट्यागले पुगिसकेको बताउँछिन् । उनकै भनाईमा उनलाई अब पुजा शर्मा भनेर चिन्नकै लागि कुदिरहनु पर्दैन । ‘अब म मेकरको हिसाबले कुदिरहेकी छु । अभिनय र गर्नुपर्ने काम त गरिरहेको छु । तर मेरो बेस्ट फिल्म कसरी बनाउने, कसरी भन्नेमा केन्द्रीत छु’, पुजा खुल्छिन् ।

फिल्म ‘रावायण’ नायिकासँगै निर्माता बन्दा पुजामाथि दोहोरो दबाब छ । त्यहीकारण उनले आगामी फिल्ममा उनी एउटा मात्र विधा रोज्ने योजनामा छिन् । ‘कलाकार र निर्माता हुँदा दोहोरो दबाब हुँदो रहेछ । अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर । किनभने कलाकार र निर्माता दुवैको जिम्मेवारी लिइरहँदा फिल्मको सेटमा म अभिनय गरिरहेकी छु, तर के भयो, कसो भयो भन्ने अर्को चिन्ता ममाथि थपिइरहेको हुन्छ । ‘रावायण’ले मलाई त्यो एउटा पाठ सिकायो’, पुजाको भनाई छ ।

यो फिल्ममा पुजाको अपोजिटमा नायक पल शाह छन् । पुजालाई पलसँग सहकार्य गर्न पाउँदा निकै सहज लाग्दो रहेछ । ‘पलमा कलाकारमा हुनुपर्ने हरेक चिज, गुण पाएकी छु । कोही कलाकार काममा चुजी भइदियो भने त्यसको असर अन्य कलाकारदेखि प्राविधिकसम्मलाई पर्छ । तर, पल सबै कुरामा सहज छ । त्यसकारणले पनि अन्य कलाकारदेखि प्राविधिकलाई काम गर्न सजिलो भयो’, पुजा भन्छिन् ।

पुजा ‘रावायण’ नायक पलका लागि ‘कमव्याक’ फिल्म मान्छिन् । ‘उसले अगाडि अभिनय गरेको फिल्ममा धेरै कलाकार थिए । तर यो फिल्म चाहिँ उसका लागि कमव्याक नै हो’, पुजा दाबी गर्छिन्, ‘यो फिल्ममा उसले सायदै त अन्य फिल्ममा नगरेको मेहनत यसमा गरेको छ । सुटिङ सेटमा पललाई हेर्न दुई तीन सय सर्वसाधारण आउँथे । उनीहरु सबैलाई समय दिन्थ्यो । सुटिङमा पनि उत्तिकै ध्यान दिने गथ्र्यो । मलाई लाग्छ पलले जीवनमा सबैभन्दा बढी दुःख गरेको फिल्म नै यही हो ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha