find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘व्यापारिक दृष्टिकोणले देवीमा लगानी गरेको होइन्’ : शिल्पा

नारी प्रधान फिल्म ‘देवी’ तीजको अवसर पारेर भदौ २१ गते शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेत्री शिल्पा मास्केले शिर्ष भूमिका निर्वाह गरेकी छन् । फिल्म ‘देवी’ लाई लिएर अभिनेत्री मास्केको दौडधुप तीव्र छ । उनी सिनेमाको अभिनेत्री सँगै सह-निर्मात्री समेत हुन् ।

त्यसले पनि उनको दौडधुप अन्य फिल्महरुमा भन्दा बढि नै देखिन्छ । फिल्मको स्कृप्ट लिएर आफुहरु धेरै निर्माताको पुग्दा कसैले पनि यो कमर्शियल फिल्म नरहेको भन्दै लगानी गर्न नमानेपछि अभिनेत्रीको रुपमा जोडिएकी आफैं निर्माणमा सहकार्य गर्न तयार भएको बताइन् । ‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्दा यति संवेदनशील विषय छ, कमर्शियल फिल्म होइन भनेर लगानी गर्न ईच्छा देखाउनु भएन । मलाई चाहिँ कन्टेन्टप्रति विश्वास भएकाले निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो’, उनी सम्झन्छिन् । निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने अनुभव उनको छ ।


‘निर्माताको जिम्मेवारी निभाउँदा चुनौती चाहिँ एकदमै हुँदो रहेछ’, उनी सुनाउँछिन्, ‘प्रचारमा हुँदा समेत दिमाग धेरै ठाउँमा पुग्ने रहेछ । निर्माता बन्नु गाह्रो काम हो । तर, पहिलो अनुभव भएकाले धेरै सिक्न पाएँ ।’ यो सिनेमा व्यावसायिक रुपमा सफल भएमा आगामी दिनमा पनि सिनेमा निर्माणलाई निरन्तरता दिने योजना शिल्पाको छ ।

व्यापारका लागि ‘देवी’मा लगानी नगरेको उनी बताउँछिन् । ‘व्यापारिक दृष्टिकोणले मैले यो सिनेमामा लगानी गरेकी होइन । त्यो हिसाबले त क्राइम-थ्रिलर सिनेमामा लगानी गर्न गाह्रो छ । तर, यतिबेला महिला केन्द्रित र कन्टेन्टमुखी सिनेमा रुचाइन थालिएको छ । त्यसैले हामीले सामाजिक सन्देशका लागि सिनेमा निर्माण गरौं, मिहेनत गरेर राम्रो भए व्यापारिक रुपमा पनि सफल हुन्छ भन्ने हेतुले काम गरेका हौं’, उनले भनिन् ।

संजोग राईको निर्देशनमा निर्माण भएको फिल्म ‘देवी’ले बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा उठाएको छ । फिल्ममा शिल्पाले बलात्कारको घटनाबारे रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निर्वाह गरेकी छन् । उनलाई रिपोर्टिङ कसरी गरिन्छ भन्ने ज्ञान पहिला थिएन । यसैले एक दैनिक पत्रिकाकी महिला पत्रकारसँग भेट गरेर उनले फिल्मको छायांकन भन्दा अगाडि रिपोर्टिङको अनुभव सुनेकी थिइन् । त्यसले चरित्र निर्माण गर्न ठूलो सहयोग पुगेको उनले बताइन् ।


फिल्मले उठाएको विषयवस्तुमाथि धेरै अनुसन्धान गरिएको दाबी अभिनेत्री शिल्पा मास्केको छ । ‘सिनेमाको स्क्रिप्टमा बस्दा हामीले उठाएका बिषयवस्तुहरु पोलिटिकली ठीक हुन्छ कि हुँदैन भनेर छलफल गर्यौं । बलात्कारको तथ्यांकदेखि पत्रपत्रिकामा आएको लगभग सबै आर्टिकल संकलन गरेर गहिरोसित अध्ययन गर्यौं । अनि मात्रै हामीले ‘देवी’लाई सत्य घटनाबाट प्रभावित काल्पिनिक सिनेमाको रुपमा काम गरेका हौंं’, उनले भनिन् ।

‘हामीले पत्रपत्रिकाबाट जेजति घटनाहरु संकलन गर्यौं, त्यस घटनाका भिक्टीमलाई भेट्ने आँट भने गर्न सकेनौं । किनकी त्यो बिषय नै निकै संमवेदनशिल थिए । जसले गर्दा हामीले पत्रिकाका कटिङ्गहरु सिनेमामा प्रयोग गरेका पनि कुनैपनि घटनाका भिक्टीमको नाम सिनेमामा प्रयोग गरेका छैनौं । त्यसको कारण हामीले गरेका कामको फरक अर्थ नगागोस् र त्यो घटना दर्शकमा गिजोलियो अथवा कानुनी प्रभावित भयो भन्ने नलागोस् भन्ने कुरामा सचेत भएका थियौं’, शिल्पा भन्छिन् ।

यसो भन्दै गर्दा हामीले उठाएको विषष्वस्तु ठुलो माससम्म पुगोस र त्यसले यस्ता घटनाहरुलाई कसरी निर्मुलीकरण गर्न सकिन्छ भन्ने बहस चलोस भन्ने चाहाना रहेको उनी बताउँछिन् । हामीले पनि सिनेमा आफ्नो बिचार दर्शकलाई लाद्नेभन्दा पनि बहसको रुपमा यस्ता बिषय उठ्न पर्छ भन्ने हिसावले निर्माण गरिएको शिल्पाले बताइन् ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो फिल्म निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

सिनेमामा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha