find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दायाहाङ र सिर्जनाको ‘कार्साङ्’ को प्रदर्शन मिती तय

फिल्म ‘कार्साङ्’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै प्रदर्शन मिती समेत घोषणा गरिएको हो । दायाहाङ राई स्टारर फिल्म ‘कार्साङ्’ पुस २६ गते देखि प्रदर्शन हुनेछ ।


सार्वजनिक गरिएको पोस्टरमा फिल्मका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखु प्रस्तुत छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । बदलाको भावमा रहको उनको रिसाहा अनुवारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ ।

छेउमा उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छिन् । उनी रोइरहेकी छन् । आँगनमा ग्यालिन लडेको छ । बिर्को खोलिएको ग्यालिनबाट भर्खरै केही पोखिएको छ । दया र सिर्जनाको भावभंगी र आगनमा पोखिएको तरल पदार्थ हेर्दा त्यो रक्सी हो भन्ने आंकलन लगाउन सकिन्छ । छेउमा तीन चुली ढुंगा लगाएर बालिएको आगोले उनीहरुले रक्सी पार्ने गरेको थप संकेत गर्छ ।

प्रहरीले अथवा सिनेमा दुई दशक अगाडिको माओवादी द्वन्द्वको समय हो भने तत्कालीन माओवादी कार्यकर्ताले रक्सी पोखिदिए । सोही क्रममा दयाहाङको झगडा उनीहसँग पर्यो । यसले उनीहरुको जिविको पार्जनको माध्यम नै रक्सी बनाएर स्थानीय बजारमा बेच्नु हो भन्ने बुझिन्छ ।

पृष्ठभूमीमा दुईवटा घर छन् । माथिल्लो लेक वा हिमाली बस्ती हो भन्ने यी घर र पात्रको पहिरनले बताएको छ । घरको माथिल्लो भागमा बाँसमा झुण्डाएको केही झुता मकैले उनीहरूको कमजोर आर्थिक अवस्था संकेत गर्छ ।

माथिल्लो लेक वा हिमाली बस्तीमा दुःख गरेर बस्ने एक परिवारको कथा भन्ने संकेत यो पोस्टरले गरेको छ । पोस्टरले दयाहाङले यो चलचित्रमा गज्जवको गाउँले क्यारेक्टर निभाएको अनुमान लगाउन सकिन्छ ।

यम शेर्पा निर्देशित फिल्मको अघिल्लो हप्ता मात्रै छायांकन सकिएको थियो । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा खिचिएको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा सिनेमा निर्माण गरिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।

फिल्ममा दया र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ ।

बाल कलाकारमा राशि लिम्बू र सोहन थापाले अभिनय गर्दैछन् । सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका निर्माता समेत हुन् । गोविन्द बोहरा सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha