find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हरिवंश र प्रकाशको शिर्ष भूमिकामा ‘हरि बहादुरको जुत्ता’ बन्ने

अभिनेताद्वाय हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहनेगरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गर्ने भएका छन् ।

अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक खनालको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघि सँगै फिल्ममा सहकार्य गरेका छैनन् । प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ । ‘म सानैदेखि हरिवंश दाईलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ,’ प्रकाश भन्छन्, ‘संगीतमा लाग्छु भन्ने त थियो तर फिल्ममा यसरी काम गर्न पाउँला, सोचेको थिइनँ । आज उहाँसँग जोडिन पाउँदा औधी खुशी छु । निर्देशनमा दिपेन्द्र दाईको बेग्लै उचाई छ । यो फिल्म तीन फरक पुस्ताका कलाकर्मीलाई जोडेको छ । पक्कै केही नयाँ र विशेष हुनेछ भन्नेमा म आशावादी छु ।’

गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो फिल्म निर्माण गर्न लागेका हुन् । ओलीले बुधबार चलचित्र विकास बोर्डमा यो नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् । फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो ,’ अभिनेता तथा लेखक हरिवंशले भने, ‘सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफै फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’

अभिनेता आचार्य र निर्माता ओलीबीच म्युजिक भिडियोमा लगातार सहकार्य भइरहेको थियो । फिल्म निर्माणमा भने ओली पहिलोपटक होमिएका हुन् । हरिवंशले आफुले खोजेजस्तै कन्सेप्ट सुनाएपछि आफु फिल्म निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए । ‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागिरहेको थिएँ तर फिल्म निर्माणको साइत जुरेको थिएन,’ ओलीले भने, ‘राम्रो कथा पाएँ भने फिल्म निर्माण गर्छु भन्ने तयारीमै थिएँ । यत्तिकैमा हरिवंश दाईले हरिबहादुर जुत्ताको कन्सेप्ट सुनाउनुभयो । सुन्नेवित्तिकै मनपर्‍यो । त्यसपछि उहाँको कन्सेप्टमा फिल्म निर्माण गर्न म तयार भएको हुँ ।’

फिल्मको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ । कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन । ‘बाँकी हामी चाँडै खुलाउनेछौं,’ निर्माता ओलीले भने ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha