नेपाल आएका नवाजुद्दिन र अनुरागसँग दयाहाङको भेट
बलिउडबाट अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्याप नेपाल आएका छन् । नवाजुद्धिन र अनुरासँग नेपालका चर्चित अभिनेता दयाहाङ राईले भेट गरेका छन् । दयाले बलिउडका यी चर्चित दुई हस्तीसँग भेट गरेको तस्बिर आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन् ।
मिन भाम निर्देशित फिल्मको प्रिमियर यो आइतबार राजधानीमा आयोजना हुँदैछ । सोही प्रिमियरमा सहभागी हुन नवजुद्दीन र अनुराग नेपाल आएका हुन् । मिनसंग काम गर्ने ईच्छा समेत व्यक्त गरेका छन् । पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा टिजरमा प्रस्तुत गरिएको यो फिल्म भदौ २८ गतेबाट नेपालमा रिलिज हुँदैछ । एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमाको कथालाई टिजरमा प्रस्तुत गरिएको छ ।
१४ करोड रुपैयाँ बराबरको बजेट रहेको यो फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङ लगायत कलाकारको अभिनय छ । थिन्लेले लोकार्नो फिल्म फेस्टिभलमा यहि फिल्मबाट अवार्ड जितिसकेकी छिन् ।
बर्लिन फिल्म फेस्टिभलमा उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म शाम्बाला यो शुक्रबार, ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरामा निर्माण भएको हो । यसअघि मिनले कालोपोथी फिल्म निर्देशन गरेका थिए ।