find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘पूर्ण बहादुरको सारङ्गी’ टिजरको प्रतिक्रियाबाट दंग बिजय

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्ममा कलाकार विजय बरालले मुख्य भूमिका निर्वाह गरेका छन् । विजय दर्शकको यस प्रकारको प्रतिक्रियाले हौसिएका छन् ।


“यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा उर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ” कलाकार बराल भन्छन् । दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन् । आफूले ‘पूणर् बहादुरको सारङ्गीमा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए । “मलाई टिजरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ,” उनी भन्छन्, “मलाई धेरैले व्यक्तिगत रुपमा र कमेन्ट गर्दा त्यही प्रतिक्रिया आइरहेको छ । टिजर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइदिनु भएको छ ।”

कलाकारका लागि यही माया र विश्वास नै सबैभन्दा ठूलो उपलब्धी र सम्पत्ति भएको उनको भनाइ छ । “फिल्मको टिजर रिलिज भएपछि, हामीले सामाजिक सञ्जाल, युट्युबका कमेन्ट र व्यक्तिगत सन्देशहरूमा उत्कृष्ट प्रतिक्रिया पाएका छौँ,” निर्माता प्याट्रिक सुवेदीले भने, “धेरै दर्शकले नेपाली चलचित्र प्रायः आमाको संघर्ष देखाउन केन्द्रित हुने तर बुवा छोराको सम्बन्धलाई ठूला पर्दामा विरलै देखाइने गरेको बताइरहेका छन् । सिनेमाको यो आइडियालाई पनि मन पराइरहनु भएको छ ।”

उनले कमेन्टमा दर्शकले टिजरले मन छोयो भनेर लेखेको भन्दै अब चलचित्र पनि त्यस्तै मन छुने बन्ने बताए । “धेरैले गीतका शब्दहरूलाई निकै माया गरेको पाएका छौँ । हजारौँ दर्शकले यो टिजरलाई बुवाको दिनको उपहारको रूपमा सेयर गर्नु भएको छ,” उनले भने, “अब चलचित्र नै बुवालाई छोराछोरीले बुवालाई समपणर् गर्नेगरी बनाइरहेका छौँ ।” दर्शकले टिजर हेरेर गरेको भरोसालाई पूरा गर्न आफूहरू प्रयत्नशील रहेको उनले बताए ।

सोसल-ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ कात्तिक १५ गतेदेखि रिलिज हुने घोषणा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha