find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘एक्टर’बाट आना शर्माको लुक्स रिलिज

फिल्म ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । प्रदीप खड्का स्टारर फिल्म कात्तिक १५ गते, लक्ष्मीपूजाबाट प्रदर्शन हुँदैछ ।


बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट) को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्। पोस्टरमा आना सहरीया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ । पृष्ठभूमिको आकर्षक झ्याल कुनै तारे होटेलको झैँ लाग्छ । बुट्टा कुँदिएको आकर्षक झ्यालले उनी कफ, डिनर अथवा ब्रकेफाष्टका लागि महंगो होटेलमा पुग्छिन् भन्ने संकेत गरेको छ । यसबारे निर्माण पक्षले भने केही खुलाएको छैन । उनको चरित्रको नाम प्रकृति रहेको बाहेक निर्माण पक्षले केही जानकारी दिएको छैन ।

राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप, राजवल्लभ र आनासँगै नव-नायिका दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही सिनेमाबाट डेब्यु गरेकी हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमाका निर्माता थमन कुमार भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् ।

फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको सिनेमामा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ ।

 

 

कात्तिक १५ गतेदेखि रिलिजमा आउने यो सिनेमाको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha