find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

फागुन ९ गतेलाई ‘ताण्डवम्’ ले तोक्यो प्रदर्शन मिती

फिल्म ‘ताण्डवम्‌’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ । जुनिम गहतराजको निर्देशन रहेको यो फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउने पोस्टरमा उल्लेख छ।


सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन् । यो सिनेमाबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गरेका हुन् । कमल कार्की र गोपाल कटुवालको पनि सिनेमामा अभिनय रहेको छ।

महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमाले नाम जस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टिमले जानकारी दिएको छ । एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानेको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

निर्देशक जुनिमले ‘पानीफोटो’, ‘पशुपति प्रसाद २ : भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी सिनेमामा कलरिस्टको रूपमा काम गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha