find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मिसिङः केटी हराएको सूचना’ बारे के भन्छन् निर्देशक गौचन ?

सृष्टि श्रेष्ठ र नाजिर हुसेनको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ यो शुक्रबार, माघ ११ देखि प्रदर्शनमा आउँदैछ । यो फिल्म मार्फत निर्देशक दीपेन्द्र गौचन २२ वर्षपछि ठूलो पर्दाको फिल्म निर्देशनमा कमव्याक भएका हुन्।

दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’को कथा लेखनको सुरुवात निकै रोचक छ । ‘म कम्बोडियामा पढाउँछु । विद्यार्थीहरुले ठूलो मान्छे हुन्छु भन्ने सपना देख्नु स्वाभाविक नै हो । मैंले एउटा दुईजना पात्रको कथा लेख्नु भनेर विद्यार्थीलाई अह्राएँ । उनीहरुले दुई हप्ताको समयमा कथा त लेखे, तर सबै मैले अस्वीकृत गरिदिएँ । किनकी त्यो भन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ । तर विद्यार्थीले अन्य कथा जन्माएनन् । उल्टो उनीहरुले मलाई नै ‘तपाईं नै कथा लेखेर देखाउनुहोस्‌’ भनेर चुनौती दिए’, दीपेन्द्र सम्झन्छन्।

विद्यार्थीको चुनौतीलाई स्वीकारेका दीपेन्द्रले एक कथा लेखे र त्यसको सर्ट फिल्म बनाए । त्यो फिल्मले फेस्टिभलमा अवार्ड नै जित्यो । कम्बोडिया बसाईको २२ वर्षपछि नेपाल फर्किदा दीपेन्द्रले त्यही कथा बोकेर आए । ‘यहाँ आउँदा त्यही कथा नेपाली परिवेशमा झन सुहाउँदो र अझ प्रगाढ हुने पाएँ । मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने लाग्यो र यो फिल्मको कथा लेखें’, उनी भन्छन्।

दीपेन्द्रका अनुसार उनलाई स्क्रिप्ट फाइनल गर्न झण्डै तीन महिना लाग्यो । उनले अङ्ग्रेजीमा लेखेको स्क्रिप्टलाई दीपेन्द्र, अमित पोखरेल र अमितेष शाहले नेपालीकरण गरे । दीपेन्द्र स्क्रिप्ट अनुसार पात्र छनोट सही भएको दाबी गर्छन् । ‘हामीलाई काठमाडौंमा जन्मिएर यतै बसेको मधेसी टोन कम भएको पात्र चाहिएको थियो । त्यो पात्र हामीले नाजिरमा पायौं । पहाडी लुक्समा सृष्टि श्रेष्ठ फिट भइन् । किनकी उसलाई भेट्ने बित्तिकै म प्रभावित भए । गोरो अनुहार, पहाडी लुक्स अनि अङ्ग्रेजी बोल्ने पारा फिट लाग्यो’, दीपेन्द्र खुल्छन् ।

फिल्मको ट्रेलरमा मधेसमा ‘नेपाली’ पहिचानको कुरा उठान गरिएको देखाइएको छ । ‘मधेसको पात्र बनाए पछि रहनसहनको मात्र कुरा आउँदैन, मान्छे बौद्धिक भए पनि उसको मनमा भावना गढिरहेको हुन्छ । मधेस आन्दोलनको समयमा पहिचानको पनि कुरा आएको थियो । मधेसको जोकोही पात्रलाई ‘नेपालीपन’को भावना अवश्य नै हुन्छ । जतिसुकै हासखेल रमाइलो गरे पनि राष्ट्रियताको मामलामा उसको अडान नै हुन्छ’, दीपेन्द्रको बुझाई छ।

दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’लाई महिला केन्द्रीत फिल्म मान्छन् । ‘यो फिल्ममा मुख्य पात्र को भनेर दर्शकले छुट्याउनै सक्दैन । राम नाजिर कि सीता सृष्टि । दुवैको भूमिका बराबरी छ । त्यो बराबरीपन दिनु पनि महिलालाई प्राथमिकता दिनु हो । महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरिञ्जित पनि गर्नुहुँदैन । म चाहिँ नेचुरल किसिमले होस् भन्ने चाहन्छु । मेरा लागि भगवानले नाजिर र सृष्टि जुराइदिएका हुन् जस्तो लाग्छ ’, उनी भन्छन् ।
दीपेन्द्र ‘उजेली’सँगै ‘मुमिन’का लागि परिचित छन्।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha