प्रदीप खड्का किन बने ट्रोलको शिकार ?
प्रतिक्षित मानिएको फिल्म ‘लिलिबिली’ को गीत रिलिज गरिएको छ । नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङ फिचरिङ गीतको भिडियो स्कटल्यान्डमा आकर्षक तरिकाले खिचिएको छ । रिलिजको चौविस घण्टा नबित्दै नेपाल युट्युव ट्रेन्डिङको पाँचौं नम्वरमा आएको गीतको भिडियोलाई ३ लाख २६ हजार बढीले हेरेका छन् । भिडियो हेर्नुस् :
तर गीतमा नायक प्रदीप खड्काले लगाएको पहिरन भने ट्रोल बन्न पुगेको छ । ‘लिलिबिली’ मा उनले लगाएको कोटको कलर ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ सँग मिल्न गएपछि उनी सामाजिक सञ्जालमा मजाकको पात्र बनिरहेका छन्। सेलिव्रेटीहरु बेला बेलामा आफ्नो भनाई र पहिरनका कारण सामाजिक सञ्जालमा मजाकको पात्र बन्ने जान्छन् । पछिल्लो पटक प्रदीप यसकै शिकार भएका हुन् ।
‘लिलिबिली’ प्रेसमिटको भिडियो हेर्नुस् :