तीज म्युजिक भिडियो अवार्डको लागि गीत आव्ह्वान
छायाँछवि क्रियशनले विगत ५ वर्षदेखि गर्दै आएको छायाँछवि तीज म्युजिक अवार्डको पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरिएको छ ।
हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । तीजका अवसरमा ८ सयदेखी एक हजारसम्म सार्वजनिक हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकी छिन् ।
छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र २५ गते उक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।