सलमानकी गर्लफ्रेन्ड यूलिया हिन्दी फिल्ममा डेब्यु गर्दै
बलिउड सुपरस्टार अभिनेता सलमान खानकी गर्लफ्रेन्ड रोमानियन मोडल तथा अभिनेत्री यूलिया वन्तूर बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । भारतिय एक न्यूज पेपर अनुसार यूलिया डेब्यु फिल्ममा कृष्ण भक्तको भुमिकामा अभिनय गर्ने छिन । यो फिल्ममा यूलिया कृष्ण भक्ति भावनाले ओतपेत भएर भारतमा आउने छिन् ।
यूलियाले यो फिल्म भन्दा पहिला वीरे दी वेडिंग, ओ तेरी र रेस ३ जस्ता फिल्ममा आफनो स्वर दिइसकेकी छन । ‘मै अर मिसेज खन्ना’ फिल्मको निर्देशन गरेका सकेका प्रेम सोनीले यो फिल्मलाई निर्देशन गर्ने छन् । फिल्ममा यूलिया पोल्यान्डको एक महिलाको भुमिकामा हुने छिन्, जस्लाई भारतको संस्कृति र कृष्णभक्ति धेरै मन पर्छ र आफनो देश छोडेर भारत आउछिन् । फिल्ममा यूलियाको भुमिकाको लागि हिन्दी बोल्न जान्ने एक विदेशी हिरोइन चाहिएको थियो, त्यसपछि यो भुमिकाको लागि यूलिया छानिइन् ।
फिल्मको सुटिङ पोल्यान्ड, दिल्ली र मथुरामा हुनेछ । यो फिल्ममा जिमी शेरगिलको पनि मुख्य भुमिकामा हुनेछन् । यूलिया सलमानकी गर्लफ्रेन्ड भएकैले मिडियामा छाई रहन्छिन । तर, सलमान र यूलिया दुवैले सम्वन्धमा रहेको कुरालाई स्वीकार गरेका छैनन् ।