कालिका म्युजिक अवार्डको मनोनयन सार्वजनिक
विगत १४ वर्षदेखि आयोजना हुँदै आएको कालिका म्युजिक अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । आफनो १६ औं वार्षिकोत्सवको अवसरमा आगामी असोज २६ गते प्रदान गर्न लागिएको १४ औं कालिका म्युजिक अवार्डकोे मनोनयन यही साता राजधानीमा प्रेसमिट गर्दै सार्वजनिक गरिएको हो ।
विगत १ वर्ष देखि विभिन्न माध्यमबाट चर्चित रहेका नेपाली गित, संगीत र रचना र म्युजिक भिडियोको विभिन्न समुह बनाई जम्मा ३० विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजानिक गरिएको हो । यस्तै लामो समय देखि गीत रचनामा योगदान पुर्याएका वरिष्ठ रचनाकार किरण खरेललाई यस वर्षको कालिका लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने पनि प्रेसमिटमै घोषणा गरियो ।
कालिका अवार्डमा जुरी सदस्य र सर्वसाधारणको मतलाई समेत आधार मानेर ३० विधाबाट उत्कृष्ट एक छनोट गरिनेछ । सार्वजानिक गरिएका सम्पुर्ण विधाको लागि एसएमएस समेत खुल्ला गरिएको छ । आधुनिक तर्फ उत्कृष्ट पुरुष गायक , गायिका, संगित संयोजन, शब्द गरि ४ विधा रहेका छन् । यस्तै नेपाली फिल्मतर्फ उत्कृष्ट नेपाली फिल्म गायक, गायिका, संगित संयोजन, शब्द रहेका छन् । यस्तै राष्ट्रिय नेपाली पप तर्फ उत्कृष्ट स्वर प्रस्तुतकर्ता पुरुष, महिला, उत्कृष्ट पप संगित संयोजन, शब्द र ब्याण्डलाई अवार्ड प्रदान गरिने छ । लोक दाहोरीतर्फ उत्कृष्ट राष्ट्रिय लोक दोहोरी गायक, गायिका, लोक दोहोरी धुन, शब्द र स्थानिय लोक दोहोरी कलाकार र मध्य नेपाल उत्कृष्ट गायकलाई अवार्ड प्रदान गरिने छ ।
यी विधाहरुको साथै सर्वोत्कृष्ट संगित संयोजक, गित, वर्षको उत्कृष्ट नव प्रवेशी गित, युगल गित, स्वदेश गान , गजल र वर्षको सर्वाेत्कृष्ट गित साथै म्युजिक भिडियोतर्फ उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट भिडियो, छायांङकन, भिडियो नायक र नायिका विधाको मनोनयन सार्वजनिक गरिएको हो ।