find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मनोज र हेमनको ‘शिक्षाका लागि विश्व सांगीतिक अभियान’

गायनसँगै पछिल्लो समय समाज सेवालाई निरन्तरता दिदै अगाडी बढिरहेका गायक हेमन मोक्तानले ‘अध्यारोबाट उज्यालोतर्फको यात्रा, शिक्षाका लागि विश्व सांगीतिक अभियान’ भन्ने नारा सहित बेलायतमा कार्यक्रम गर्ने भएका छन् । हेमनले आफ्नो गैह्र नाफामुलक संस्था मानव जीवन संरक्षण मञ्च , नेपाल मार्फत बेलायतबाट अभियानको सुरुवात गर्न लागेको बताएका छन् ।

झन्डै पाँच करोडको अक्षयकोष निर्माण गरी नेपाल सरकारद्वारा पिछडिएको क्षेत्र घोषित ७ वटै प्रदेशका ५७ स्थानीय तहका विद्यार्थी लाभान्वित हुनेगरी सौर्य ऊर्जा सहितको कम्प्युटर प्रयोगशाला स्थापना गर्ने उदेश्यका साथ मञ्चले यस अभियानमा अगाडी बढेको जनाइएको छ । नोवेम्बरमा २८ मा लन्डनको ग्रीनफोर्ड टाउन हलमा बृहत् सांगीतिक कार्यक्रम तथा नेपाल भ्रमण वर्ष, २०२० को प्रवर्धन कार्यक्रम आयोजना गरि उद्घाटन गरिने हेमनले जनाए । ‘हामी नेपाल भ्रमण वर्षको अभियान सहित हाम्रो अभियानमा अगाडी बढेका छौ, सम्माननीय पुर्व प्रधानमन्त्रीसँगै हाम्रो टिम लण्डन प्रस्थान गर्दैछौ’ हेमनले बताए ।

उनले यस अभियानमा हास्यकलाकार मनोज गजुरेल र अभिनेत्री मरिस्का पोखरेलले पनि साथ् रहने बताए । ‘हाम्रो अभियानसँगै हामीले सांस्कृतिक प्रस्तुतिहरु पनि पेश गर्नेछौ’ उनले भने ‘हाम्रो प्रस्तुतिले उपस्थितलाई मनोरंजन प्रदान गर्नेछ ।’ अभियानको उद्घाटन सन् १९६० मा स्थापित बेलायतमा कार्यरत नेपालीहरूको संस्था यति नेपाली एसोसियसन, युके र गैर आवासीय नेपाली संघ, बेलायत शाखा तथा मञ्चको संयुक्त आयोजनामा हुदैछ । कार्यक्रममै सहभागी हुनकै लागि पूर्वप्रधानमन्त्री नेपाल बेलायत पुग्दैछन ।

हेमनले पूर्वप्रधानमन्त्री नेपालको उपस्थितिले कार्यक्रममा ‘सुनमा सुगन्ध’ भए झैँ भएको बताए । बेलायतपछी अभियान क्यानडा, अमेरिका, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू जस्ता २० मुलुकमा अभियान पु¥याउने लक्ष्य निर्धारण गरिएको अभियान सञ्चालनपश्चात पहिलो चरणको कार्यक्रमको समापन विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा कार्यक्रम गरिनेछ ।

जसबाट तिलिचो ताल विश्वकै प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुग्ने अभियानकर्ता हेमनले बताए । उनको संस्थाले तराईका जिल्लामा पुस्तकालय स्थापना, शितलहर पीडित बालबालिकालाई न्यानो लत्ताकपडा वितरण, स्वास्थ्य शिविर सञ्चालन, एचआइभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि अक्षयकोष निर्माण तथा रामेछाप, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्ला लक्षित गरी सिन्धुलीको दुम्जा गाउँपालिकामा सौर्य ऊर्जासहितको कम्प्युटर प्रयोगशाला स्थापना लगायतका गतिविधि गर्दै आइरहेको छ ।

तस्वीर : आर्यन बिमली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha