गृहमन्त्रीले सार्वजनिक गरे प्रल्लाहदको ‘थोत्रो रेडियो’
गायक प्रल्लाहद तिमिल्सिना आफ्नो स्वरमा रेकर्ड भएका आधुनिक शैलीका गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, संगीतकार शम्भुजीत बाँस्कोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त गायक तिमिल्सिनाको थोत्रो रेडियो सार्वजनिक गरेका हुन् ।
विमोचित ‘महक–२’ एल्बममा १० वटा गीतहरु समावेश छन् । एल्बमका गीतहरुमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यु बज्रचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलको संगीत समावेश छन् । यी गीतहरु डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् । जीवन लुईंटेल र राजेन्द्र थापाले तीन तीन वटा गीतहरु रचना गरेका छन् ।
एल्बममा तिमीलाई नभेटी, हिउँ सरी, ढकमक्क गुँरास, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनि देऊ न कस्तो लाग्छ, सञ्चै छ’ भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पैले भनेको माया बोलका गीतहरु सुन्न सकिन्छ । गुञ्जन ईन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ । ‘थोत्रो रेडियो…’शीर्षकको गीत युटुवमा समेत सार्वजनिक भैसकेको छ । भिडियो :