हङकङवासी वान्तवाको ‘आखिर के को लागि’ बिमोचन
हङकङमा बस्दै आईरहेका गीतकार रबिन वान्तवा राईको शब्द तथा दार्जिलिङ निवासी संगीतकार डा.शरद सिन्हाको संगीत रहेको एल्बम ‘आखिर के को लागि’ बिमोचन गरिएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच बरिष्ठ गायक प्रेमध्वज प्रधान, बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ गीतकार भूपाल राई, गीतकार हेम कुमार लावतीले संयुक्त रुपमा एल्बम बिमोचन गरेका थिए ।
पाँच वटा गीतहरू समावेश उक्त एल्बममा रबिन शर्मा, ज्ञान सुब्बा, राकेश खालिङ, पुष्पण प्रधान र पवन राईले आवाज दिएका छन् ।