बाबु बोगटीले ल्याए भुटानी शरणार्थीको पिडा
गायक तथा नायक बाबु बोगटीेले ‘हामी नेपाली भाषी भुटानी’ बोलको लिरिकल भिडियो युटुब मार्फत सार्वजनिक गरेका छन् । नेपालमा रहेका भुटानी शरणार्थीहरुको जिवन व्यथालाई गीतमा समेटिएको छ । लिरिकल भिडियो हेर्नुस् :
गीतमा पुर्खाको निशानी कहिल्यै नभुल्ने, नेपाल रहँदाको भोगाई र जहाँ भए पनि आफ्नो कला संस्कृति तथा भाषा नभुल्ने कुरा समावेश गरिएको छ । गीतमा बाबु बोगटीकै शब्द, संगीत र स्वर रहेको छ । सागर पाण्डेले रेकर्ड गरेको गीतलाई मोहित मुनालले संमायोजन गरेका छन् ।