‘लिला’ प्रचार गर्दै समाज सेवामा संचिता !
नायिका संचिता लुईंटेलको शिर्ष भूमिका रहेको फिल्म ‘लिला’ ले समाज सेवा गर्दै फिल्मको प्रचार प्रसार पनि सुरु गरेको छ । भदौ ३० गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको युनिटले आइतबार निर्माण युनिटले पशुपतीस्थित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई भोजन गरायो ।
पशुपतिमा भोजन गराउन नायिका लुईंटेल, नायक राज कटवाल, कलाकार निर्माता सिपी पौडेल, हाँस्य कलाकार देबिराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतले बृद्धबृद्धालाइ भोजन गराए । सिने दर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको फिल्म ‘लिला’ लाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन् भने लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेका छन् ।