find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ईन्फामा अनमोल र केकी उत्कृष्ट, अनमोल परे पिताको पाउ

यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) लण्डनको सम्पन्न भएको छ । शनिबार साँझ लण्डनको ग्रिनफोर्ड हलमा आयोजित अवार्ड समारोहमा अनमोल केसी फर्की फर्कीबाट सर्वोत्कृष्ट अभिनेता र केकी अधिकारी प्रसाद २ बाट अभिनेत्रीको अवार्ड प्रदान गरियो ।

ईन्फा अवार्डमा जारी सर्वोत्कृष्ट फिल्म घोषित भएको छ भने उपेन्द्र सुब्बा सुब्बाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । सर्वोत्कृष्ट कथा/पटकथाको अवार्ड दिमाग खराबबाट आकाश बरालले हात पार्दा प्रसाद २ बाट अर्पण थापा सर्वोत्कृष्ट खलपात्र ठहरिएका छन् । सर्वोत्कृष्ट छाँयाकार प्रसाद २ बाट राजेश श्रेष्ठ, फर्की फर्कीबाट सुरेन्द्र पौडेल सर्वोत्कृष्ट सम्पादक, प्रकाश सपुत सर्वोत्कृष्ट संगीतकार बोक्सीको घर(बुझिन मैले), कालि प्रसाद बास्कोटा सर्वोत्कृष्ट पाश्र्वगायक चरी बस्यो (जारी), समिक्षा अधिकारी बोक्सीको घर(बुझिन मैले) सर्वोत्कृष्ट पाश्र्वगायिका, सर्वोत्कृष्ट नृत्य निर्देशक पुजार सार्कीबाट शिशिर खत्री (दर्शन गरें)ले अवार्ड हात पारेका छन् ।


यता बर्ष २०२४ को पप्पुलर अभिनेताको अवार्ड दयाहाङ राईले फिल्म जारीबाट हात पारेका छन् भने यही फिल्मबाट मिरुना मगरले पप्पुलर अभिनेत्रीको अवार्ड हात पारेकी छिन् । सर्वोत्कृष्ट अभिनेता जुरी तर्फ पुजार सार्कीबाट प्रदीप खड्का र सुपला सापकोटा बोक्सीको घरबाट अभिनेत्रीको अवार्ड जित्न सफल भएका छन् । पब्लिक च्वाईस तर्फ सर्वोत्कृष्ट अभिनेताको अवार्डमा पल शाहले जित्न सफल हुदाँ सर्वोत्कृष्ट अभिनेत्री जसिता गुरुङ ठहरिएकी छिन् । यता पर्फमर अफ दि एयरको अवार्ड मोडल तथा डान्सर शुशान्त खत्रीले जीत्दा इन्करेजमेन्ट अवार्ड फिल्म लण्डन टु पेरिसबाट गरिमा शर्माले हात पारेकी छिन् ।


यता लाईफटाईम एचिभमेन्ट अवार्डबाट नेपाली फिल्म क्षेत्रमा लिजेन्ड्री एक्टर भुवन केसी सम्मानित भएका छन् । केसीले अवार्ड ग्रहण गर्दै गर्दाको दृश्य निक्कै दुर्लव बन्यो । अभिनेता अनमोल केसीले स्टेजमै आफ्ना बुवाको खुट्टा ढागेका थिए । जसले अवार्ड कार्यक्रयमा उपस्थित स्तब्ध बनायो ।


१९६० मा स्थापित यति नेपाली एसोसियसन, युकेको आयोजना संगिक्षा फिल्मस् इन्टरटेनमेन्ट प्रा.लि.को व्यवस्थापनमा अवार्ड सम्मन भएको हो । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेरप्रतिस्पर्धा भएको इन्फा अवार्ड विदेशी भुमिका आयोजना भएको अवार्डहरु मध्ये सबैभन्दा भव्यरुपमा सम्पन्न भएको कोर्डिनेटर मनिष कार्कीले जानकारी दिएका छन् । ईन्फा अर्को बर्ष समेत यही मितिमा आयोजना गरिने कार्कीले बताएका छन् ।


अवार्ड समारोहमा केकी अधिकारीले बुझिन मैले, अनमोल जसिताले फर्की फर्की, शिल्पा मास्केले गैरी खेतको र आज हाम्रो भेट भएको दिन, शुशान्त खत्रीले नेपाली गीतको कलेक्सनमा, गरिमा शर्मा, भुवन केसी, जिया केसी र गौरी मल्ल, आर्जन पाण्डेले आफ्नो गायन प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha